कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बता"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं: नेता बडू

१० कार्तिक २०७३, बुधबार ११:१५

कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बताएका छन् । 

नेपाली काँग्रेस सिन्धुलीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–‘‘कार्कीविरुद्धको महाभियोग प्रस्तावका सम्बन्धमा काँग्रेस अरु दल झैँ हतारमा तत्काल निर्णय नगर्ने तर विधि र प्रक्रियाबाट उनलाई हटाउने पक्षमा रहेको छ ।’’ 

नेता बडूले काँग्रेसले अहिलेसम्म आधिकारीक निर्णय गरेन भनेर आलोचना गर्नुभन्दा पनि लोकतान्त्रिक विधि र प्रक्रियाका बारेमा ख्याल गर्न सबैसँग आग्रह गर्दै हतारमा निर्णय गरेर पछि पछुताउने पक्षमा काँग्रेस नभएकाले आवश्यक विधि र प्रक्रियामार्फत कार्की स्वतः हट्ने बताए । 

संविधान संशोधनमार्फत प्रदेशको सीमाङकन हेरफेर हुनसक्ने धारणा राख्दै उनले भने– ‘‘संविधान संसोधनमार्फत जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण र प्रदेशको सीमाङ्कन सम्भव हुन सक्छ ।’’ 

नेता बडूले मुलुकभर काँग्रेसले एक हजारको हाराहारीमा गाउँपालिका बनाउनुपर्ने धारणा अघि सार्दै आएको बताउँदै सबैको सहमति जुटाउनका लागि काँग्रेसले यो प्रस्ताव राखेको विचार व्यक्त गरे । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का