कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेस"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानलाई नियुक्त गर्ने नेताहरुहरुले जवाफ दिनुपर्छ: भण्डारी

१० कार्तिक २०७३, बुधबार १३:०४

कात्तिक १०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेसलाई थाहै नदिई आएकोले यसमा काँग्रेसले अहिले नै निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले प्रस्ताव राम्रै उद्देश्यले आएको भएपनि यसको शैली र तरिका भने ठिक नभएको गुनासो पोखे । उनले अघि भने,‘महाअभियोग प्रस्ताव भनेको सक्रिय जीवनको अन्त्य हो, मृत्यु हो, मौकामा चौका हान्ने काम भयो, त्यसैले हामी हतारमा निर्णय गर्दैनौं ।’

आयोजित साक्षात्कारमा नेता भण्डारीले अख्तियार प्रमुख कार्कीका केही कार्यशैली चित्त बुझ्दो नभएको बताउँदै भने,‘लोकमानजीले पोखरा विश्वविद्यालयका खगेन्द्र भट्टराईलाई कारवाही गर्नुभयो, उहाँले भ्रष्टाचार त परै जाओस् कसैको एक कप चिया पनि पिउनुभएको थिएन, गोविन्द केसीजस्तो डाक्टरलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाल्नुभयो, उहाँका यी कामहरु मलाई भित्रैबाट चित्त बुझेका छैनन् ।’ यद्धपी उनले नेताहरुले एनसेलले देशको ५२ अर्ब रुपैयाँ खाँदासमेत एक शब्द नबोलेकोमा भने कडा आपत्ति जनाए ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भैसकेकोले यसको निश्पक्षता र प्रभावकारिताका आधारमा आफ्नो पार्टीले निर्णय गर्ने उनको विश्वास थियो । भण्डारीले हिजो लोकमानलाई कसको दबाबमा या, पैसाको प्रलोभनमा हो कि, वा लोकमानको विकल्प नभएर उनलाई प्रमुख आयुक्त बनाईएको हो त्यसबारेमा नेताहरुले जवाफ दिनुपर्ने माग गरे ।

उनले अघि भने,‘नेताहरुको बारेमा पनि छानविन हुनुपर्छ, उहाँहरुले जवाफ दिनुपर्छ, यो दल वा त्यो दल भन्ने कुरा होईन, राष्ट्रको अगाडि पार्टी ठूलो कुरा होईन ।’

उनले संविधान संशोधन के का लागि भन्दै प्रश्न समेत गरे । भण्डारीले अघि भने,‘मधेशका जनतालाई अधिकारसम्पन्न बनाउने कुरा ठूलो हो, आर्थिक, सामाजिक, रुपमा मधेशी जनतालाई बलियो बनाउनुपर्छ, यहाँ तराई र पहाडलाई अलग बनाउने कुरा हुँदैछ, यो अहिले आवश्यक छैन् ।’ को कहाँ बस्ने भन्ने कुराको फैसला त्यहीँका जनताले गर्ने कुरा भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का