किरण भट्टराई/कात्तिक ११, काठमाडौँ । सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... किरण भट्टराई/कात्तिक ११, काठमाडौँ । सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्र प्रहरीबलको स्थापना दिवसमा पूर्व महानिरीक्षकहरु अनुपस्थित

११ कार्तिक २०७३, बिहीबार ०९:०६

किरण भट्टराई/कात्तिक ११, काठमाडौँ । सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन । 

कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित हुनुहन्थ्यो । तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ र यस सम्बन्धी अदालती प्रक्रिया जारी छ । सोही कारण पूर्व महानिरीक्षकहरु कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ । 

बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिवाकर केसीले सबै पूर्व महानिरीक्षकहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको राससलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – “हामीले सबै पूर्व महानिरीक्षकहरुलाई आमन्त्रण गरेका थियौँ । उहाँहरु किन आउनुभएन, त्यसको जानकारी भएन ।” 

बलका हालसम्मका सात पूर्व महानिरीक्षकमध्ये संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा (माओवादी)को आक्रमणमा मृत्यु भएको थियो । त्यसपछिका महानिरीक्षक सहवीर थापाको छ वर्षअघि निधन भएको थियो । 

माओवादी विद्रोह फैलिएको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो । 

बलका अधिकाँश नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि यो सङ्गठनको प्रतिष्ठामा धक्का लागेको छ । भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ । 

नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतकङ्कारी गतिविधि र दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ । 

त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ । 

पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई सङ्गठनबीच विवाद देखिएको थियो । 

बलका तत्कालीन महानिरीक्षक वन्त भ्रष्टचार मुद्दामा निलम्बित भएपछि महानिरीक्षक बन्नुभएका दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको आपसी सम्बन्धमा अहिले सो विषय थामथुम पारिएको छ । 

तर भोलिका दिनमा फेरि सो विषय बल्झने प्रशस्त सङ्केत देखिएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा सुरक्षाविज्ञले जोड दिएका छन् । 

स्थापना दिवसमा विविध कार्यक्रम 

बलले स्थापना दिवसको अवसरमा आज प्रधान कार्यालय हलचोकमा प्रभातकालीन कार्यक्रमको आयोजना ग¥यो । साँझसमेत स्थापना दिवससम्बन्धी बेग्लै कार्यक्रम हुँदैछ । बिहानको कार्यक्रममा देशभरबाट उत्कृष्ट भएका प्रहरी कर्मचारी, उत्कृष्ट गण, वर्ष जवान, खेलकुद प्रतियोगिता, चाँदमारी प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 

गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान ल्याउने बलका बहालवाला र पूर्व कर्मचारीका सन्तति र अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा महानिरीक्षक राईले सङ्गठनले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक पूरा गर्न सबै प्रहरी अधिकृत र जवानलाई निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का