१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल

२६ असार २०८१, बुधबार १०:३१

असार २६, काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।  

पार्टी महामन्त्रीबाट निस्कासित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे । 'डीपी अर्यालले साथीहरले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,' ढकालले भने, 'दुई साताअघि पनि त्यस्तो भएको छ ।'

कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ । 'आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । 'डीपी अर्यालले साथीहरुले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,' ढकालले भने,'ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।'

उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । 'आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ,' ढकालले भने ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु