१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टीमा प्रचण्डको ब्रिफिङ: ओलीले झुट बोलेर धोका दिए

२६ असार २०८१, बुधबार १२:३८

असार २६, नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् ।

बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् ।


आफुले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफर समेत गरेको बताउदै प्रचण्डले ओलीले उल्टो काँग्रेसलाई गाली गरेर ८४ सम्म सहकार्य गर्ने र पार्टी एकतासम्म गर्ने कुरा गरेको बताएका थिए ।

प्रचण्डले बैठकमा ओलीले 'स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने' भनेपछि आफु ढुक्क भएको बताउदै पछि काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा त्यसअघि नै सम्झौता भइसकेको थाहा भएको बताएका थिए ।

उनले ओलीलाई आफुले चिनेको भएपनि अहिलेसम्म धेरै हण्डर ठक्कर खाएकोले सुधार भएकी भनेर विश्वास गरेको तर अब सबै भ्रम टुटेको उल्लेख गरेका थिए ।

माओवादीको संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दललाई अपिल गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने निष्कर्ष निकालेको छ ।

    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु