२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा म सहभागी हुन्न’

२०८१, २७ असार बिहीबार ०७:१८

असार २७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले भावी सरकारमा नजाने बताएका हुन् ।

सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै छन् ।

दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको उनले सुनाए । ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले अगुवा कार्यकर्ता भेलामा भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो । दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।

शर्माले अर्का महामन्त्री गगन थापाको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ