२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इजरायलमा केयर गिभरका लागि आवेदन दिने म्याद थप

२०८१, २७ असार बिहीबार १२:१३

असार २७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बिभाग मार्फत इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ ।

वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो । यसअघि साउन १ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।

विभागले असार ११ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो । वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना बैकल्पिक उम्मेदवार छनौटमा पर्ने भएका हुन् । जसमा ६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदार छनौट हुनेछन् । 

अङ्ग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएकाले ब्रिटिस काउन्सिलबाट लिइने परीक्षाका लागि साउन १ गतेभित्र आफ्नो नाम र विवरण सहित दर्ता प्रणालीमा रजिस्ट्रेसन गराउन समेत आग्रह गरेको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि स्याहार गर्न केयर गिभर माग गरेको थियो ।

केयर गिभरका लागि यो पटक ब्रिटिस काउन्सिलबाट कम्तीमा ए२ तहको अङ्ग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि भने जुनसुकै निकायबाट अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रमाणपत्र पेस गरेको खण्डमा समेत मान्य हुँदै आएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ