१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवासँग शेखर-गगन समूहले माग्यो कम्तीमा ४ मन्त्री, को-को बन्दै छन् मन्त्री ?

३० असार २०८१, आईतवार ०७:२६

असार ३०, काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसले १० वटा मन्त्रालय पाउँदा ४ वटा आफूहरूले पाउनुपर्ने मत बनेको केसीले जानकारी दिए । ‘कांग्रेसले पाउने १० मन्त्रालयमा सामूहिक र उचित ढंगले निर्णय गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ केसीले भने, ‘कांगेसले १० मन्त्रालय पाउने स्थितिमा ४ वटा हाम्रो समूहले पाउनुपर्छ भन्ने समान मत बनेको छ ।’


सभापतिले नाम मागेपछि आफ्नो समूहले बुझाउने उनले बताए । आफ्नो पक्षबाट सांसद जीवन परियारको नाम टुंगिएको उनले जानकारी दिए । ‘उहाँ यस अघिदेखि दाबेदार हो । समुदायको प्रतिनिनिधित्वको हिसाबले पनि जीवनजी यसपटक छुट्नु हुन्न,’ केसीले भने ।

परियारबाहेक यसपटक चन्द्र भण्डारी पनि समूहबाट मन्त्रीका लागि अर्का बलिया दाबेदार हुन् । कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले समावेशीता, भूगोल र योगदानकालाई आधार बनाउँदै मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो ।

कांग्रेसमा संस्थापनबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

 यो समूहले ४ वटा मन्त्रालय दाबेदारी गरे पनि संस्थापन २ देखि ३ वटा मन्त्रालय दिने तयारी गरेको छ ।

बैठकमा शेखर-गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । भोलि ११ बजे उनको प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु