१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इतर पक्षलाई तीन मन्त्रालय दिने देउवाको तयारी, शेखर-गगनले छाडेनन् अडान

३० असार २०८१, आईतवार १२:४०

असार ३०, काठमाडौँ । नेपाली कांग्रेसमा इतर पक्षले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राखेपनि सभापति शेरबहादुर देउवाले तीन मन्त्रालयभन्दा थप नदिने रणनीतिका साथ अघि बढेका छन् ।

इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको आज बसेको बैठकले परम्परागतरूपमा पार्टीभित्र चल्दै आइरहेको ६०/४० को हिस्सा पाउनुपर्ने माग अघि सारेको थियो।


बैठकपछि नेता अर्जुननरसिंह केसीले चार मन्त्रालयको अडान नछाड्ने अडान राखेको बताएका थिए । तर, साना दल पनि सरकारमा सहभागी हुने भएपछि कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा ९ मन्त्रालय मात्रै पाउने भएको छ ।

देउवा निकट एक नेताका अनुसार सभापति देउवाले इतर पक्षलाई तीन मन्त्रालय मात्रै दिने तयारी गरेको बताए ।

ती नेताले भने, ‘उहाँहरूले चार मन्त्रालयको मागसहित नाम पनि सिफारिस गरिसक्नुभएको छ । संस्थापन पक्षबाट चार जनाको नाम निश्चित भइसकेको छ । त्यसैले तीन मन्त्रालय भन्दा दिन नदिने मूडमा उहाँ देखिनुभएको छ ।’

कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी छ । सिंहले उपप्रधानसहित रक्षा मन्त्रालय पाउने सम्भावना छ । गृहमन्त्रीमा रमेश लेखक र देउवापत्नी आरजु देउवाको परराष्ट्र मन्त्रालयमा चर्चा छ । यस्तै, अजय चौरासिया पनि कांग्रेसबाट मन्त्री बन्ने निश्चित भइसकेको छ ।

पार्टीले सरकारमा पठाउने मन्त्रीको विषयमा सभापतिले नेताहरूसँग छलफल गरिरहेको सांसद रामहरि खतिवडाले बताए । देउवाले पार्टीभित्र एकमत बनाएर नाम सिफारिस गर्ने उनको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनको शपथ भोलि बिहान ११ बजे हुँदैछ । सम्भव भएसम्म भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी मन्त्रालय र मन्त्री टुंग्याउन कांग्रेस एमाले गृहकार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु