२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोगको निर्णय संसदीय दलले गर्छ – परराष्ट्रमन्त्री महत

१३ कार्तिक २०७३, शनिबार ०९:३३


कात्तिक १३, चितवन | परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताउनुभयो । 

न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उहाँले यसको टुङ्गो लाग्दै गर्दा काँग्रेसले पनि निर्णय लिने उल्लेख गर्नु भयो । नेपाली काँग्रेस परिपक्क पार्टी भएको भन्दै उहाँले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताउनुभयो । 

फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताउनुभयो । कार्यकारी तहबाट सहमति सम्झौता हुने भन्दै उहाँले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पार्नु भयो । 

हालै मात्र भारतमा भएको दुई देशको बैठकमा नेपालका पक्षबाट महत्वपूर्ण प्रस्ताव पेस भएको भन्दै उहाँले भारत जान साथै केकेन दिन्छन् भन्ने भ्रमलाई चिर्दै यस पटकको बैठकमा नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म