कात्तिक १५, वासिङ्टन डिसी । पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १५, वासिङ्टन डिसी । पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब म स्वस्थ्य भएको छुः पूर्व राष्ट्रपति यादव

१५ कार्तिक २०७३, सोमबार ०४:२२

कात्तिक १५, वासिङ्टन डिसी । पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भन्नुभयो– “मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।” 

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना हुनुभएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उहाँको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लाग्नुभएका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहनुभएको थियो । 

“उपचारको नियमित चेकजाँचको लागि ५/६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु”– डा यादवले भन्नुभयो । 

कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भन्नुभयो– “म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का