२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरिने : मन्त्री यादव

२०७३, १५ कार्तिक सोमबार १०:००

कात्तिक १५, लहान । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताउनुभएको छ । 

सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव लैजान लागेकाले प्रस्ताव पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनाव पनि सम्भव नहुने जीकिर गर्नुहुँदै काँग्रेस केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई कार्यान्वयन गरिने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका सांसद मो। मुक्तार अहमदले सिराहाको विकासमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो । 

सो अवसरमा नेकपा (एमाले)का सांसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

शान्ति मन्त्री यादव, सांसदद्वय अहमद र यादव, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेकपा ९एमाले०का जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासङ्घ सिराहाका अध्यक्ष देवकुमार यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामूहिक रुपमा पत्रिकाको विमोचन गर्नुभयो । 

सदरमुकाम सिरहाबाट प्रत्येक आइतबार पत्रिकाको प्रकाशन हुने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ