३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरिने : मन्त्री यादव

१५ कार्तिक २०७३, सोमबार १०:००

कात्तिक १५, लहान । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताउनुभएको छ । 

सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव लैजान लागेकाले प्रस्ताव पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनाव पनि सम्भव नहुने जीकिर गर्नुहुँदै काँग्रेस केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई कार्यान्वयन गरिने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका सांसद मो। मुक्तार अहमदले सिराहाको विकासमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो । 

सो अवसरमा नेकपा (एमाले)का सांसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

शान्ति मन्त्री यादव, सांसदद्वय अहमद र यादव, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेकपा ९एमाले०का जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासङ्घ सिराहाका अध्यक्ष देवकुमार यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामूहिक रुपमा पत्रिकाको विमोचन गर्नुभयो । 

सदरमुकाम सिरहाबाट प्रत्येक आइतबार पत्रिकाको प्रकाशन हुने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’