२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र जनताको हितमा संविधान संशोधन हुनुपर्छः अध्यक्ष ओली

२०७३, १५ कार्तिक सोमबार १४:४१

कात्तिक १५, काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले देश जनताको हित हुने पक्षमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । 

भक्तपुरको बालकोटस्थित आफ्नै निवासममा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “राष्ट्र र जनताको हित हुने गरी गर्ने सकरात्मक संशोधनका पक्षमा एमाले रहेको छ ।” 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सत्ता प्राप्तिका लागि हुने संविधान संशोधनमा एमालेले साथ दिन नसक्ने बताउँदै कुनै प्रकारको दबाब र प्रयासबाट देशलाई नै अहित हुने गरी संविधान संशोधन हुन नसक्ने विचार व्यक्त गर्नुभयो । 

यद्यपी, संविधान गतिशिल र परिवर्तनशील दस्तावेद भएकाले देशलाई आवश्यक परे संशोधन गर्न सकिने बताउँदै उहाँले भन्नुभयो – “दलहरु मिलेर अघि बढेमा तीन वर्षमा नै देश समृद्ध हुन सक्छ, तर त्यसका लागि दलहरुबीच उच्चस्तरको समझदारी हुन जरुरी छ, जात जात र क्षेत्रका नाममा हाम्रो विविधतालाई फुटाएर हुँदैन ।” 

अध्यक्ष ओलीले पछिल्लो समय नेपालको संस्कृतिमाथि विभिन्न प्रकारबाट अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन