६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको भ्रमणबाट सम्बन्धमा न्यानोपन र व्यापकता आउने विश्वास

१६ कार्तिक २०७३, मंगलवार १४:३४

कात्तिक १६, काठमाडौँ । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने देखिएको छ । 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको अघिल्लो दिन रासससँग कुरा गर्दै विभिन्न पार्टी नेता एवम् पूर्व परराष्ट्रमन्त्रीहरुले दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धमा न्यानोपन र व्यापकता बढ्ने बताउनुभएको छ । 

राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो । सरकार–सरकार र जनता–जनताबीचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका बीचमा बेलाबखत देखापर्ने उतार चढावलाई न्यूनीकरण गरी आपसी विश्वास समेत बढाउने उहाँहरुको धारणा छ । 

नेकपा ९एमाले० का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले छिमेकी देशको राष्ट्राध्यक्षको यस भ्रमणले आपसी सम्बन्धमा न्यानोपन ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्र सङ्घको वडापत्रअनुरुप यस भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ ।” नेता रावलले भ्रमणको तयारीबारे सरकारले आफूहरुसँग परामर्श नगरेको र भारतीय राष्ट्रपति आउने दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको विषयमा भने आलोचना गर्नुभयो । 

नेकपा ९माओवादी केन्द्र० नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै भ्रमण कार्यकारी प्रकारको नभएकाले दुई देशबीचका ठोस समस्याको समाधानतर्फभन्दा पनि आपसी सम्बन्ध राम्रो बनाउने वातावरण सिर्जनामा केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले यसको कहाँ कति सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा नेपालले सोच्नुपर्ने जनाउँदै आपसी सम्बन्ध र आर्थिक विकासका दृष्टिले भ्रमणले सानिध्यता बढाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय हित र स्वाभिमानका साथै सम्बन्ध सुदृढ बनाउने गरी यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ ।” 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्ला समयमा नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको र भ्रमणले थप सद्भाव बढाउने प्रतिक्रिया दिनुभयो । सामाजिक, आर्थिक र धार्मिकरुपमा पनि भ्रमणको महत्व रहेकाले यसबाट सम्बन्धमा घनिष्टता बढ्ने उहाँको भनाइ छ । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने