२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो बनाउँछ–प्रम दाहाल

१७ कार्तिक २०७३, बुधबार १२:५९

कार्तिक १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो हुने बताउनुभएको छ । 

इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै उहाँले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नु भयो । 

“नेपाल भारतबीच औपचारिक सम्बन्ध मात्र छैन, जनता–जनताबीच सम्बन्ध छ, धार्मिक तथा सांस्कृतिक सम्बन्ध छ, दुई देशको विकासका लागि सहकार्य छ, यसरी हेर्दा दुई देशबीच बहुआयामिक सम्बन्ध छ, भारतीय राष्ट्रपतिको भ्रमणले थप बलियो बनाउने विश्वास छ”–प्रधानमन्त्री दाहालले भन्नुभयो । 

नेपाल प्राकृतिक सम्पदाले निकै धनी रहेको उल्लेख गर्दै उहाँले भारतले नेपालको प्राकृतिक स्रोतको सदुपयोग गर्न विकासका लागि सहयोग गरेकोप्रति प्रशंसा गर्नुभयो । 

प्रधानमन्त्री दाहालले नेपाल–भारतबीच गहन सम्बन्ध भएकोमा खुशी व्यक्त गर्दै भारतले नेपालको जलविद्युत आयोजना, विभिन्न भौतिक संरचना, सडक तथा पूर्वाधार निर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

दुई दिने गोष्ठीले नेपाल–भारतबीचको गहन सम्बन्धलाई थप बलियो बनाउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

इन्डियन फाउन्डेसनका निर्देशक श्रीराम माधवले नेपाल–भारतबीच धेरै बलियो बहुपक्षीय सम्बन्ध भएको बताउनुभयो । 

दुईदेशबीच धार्मिक, सभ्यतामूलक तथा सांस्कृतिक सम्बन्ध भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाल–भारतबीच हिन्द महासागरभन्दा पनि गहिरो सम्बन्ध छ, कहिलेकाही हिन्दमहासागरमा तूफान आउँछ, तूफान कम भएपछि दुई देशको सम्बन्ध धेरै उचाइमा छ ।” 

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दुई दिने गोष्ठीमा द्विपक्षीय हित र विकास गर्ने सम्बन्धमा १० जना व्यक्तित्वले प्रवचन दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

गोष्ठीको बिहीबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीले समापन गर्नुहुने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव