२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो बनाउँछ–प्रम दाहाल

२०७३, १७ कार्तिक बुधबार १२:५९

कार्तिक १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो हुने बताउनुभएको छ । 

इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै उहाँले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नु भयो । 

“नेपाल भारतबीच औपचारिक सम्बन्ध मात्र छैन, जनता–जनताबीच सम्बन्ध छ, धार्मिक तथा सांस्कृतिक सम्बन्ध छ, दुई देशको विकासका लागि सहकार्य छ, यसरी हेर्दा दुई देशबीच बहुआयामिक सम्बन्ध छ, भारतीय राष्ट्रपतिको भ्रमणले थप बलियो बनाउने विश्वास छ”–प्रधानमन्त्री दाहालले भन्नुभयो । 

नेपाल प्राकृतिक सम्पदाले निकै धनी रहेको उल्लेख गर्दै उहाँले भारतले नेपालको प्राकृतिक स्रोतको सदुपयोग गर्न विकासका लागि सहयोग गरेकोप्रति प्रशंसा गर्नुभयो । 

प्रधानमन्त्री दाहालले नेपाल–भारतबीच गहन सम्बन्ध भएकोमा खुशी व्यक्त गर्दै भारतले नेपालको जलविद्युत आयोजना, विभिन्न भौतिक संरचना, सडक तथा पूर्वाधार निर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

दुई दिने गोष्ठीले नेपाल–भारतबीचको गहन सम्बन्धलाई थप बलियो बनाउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

इन्डियन फाउन्डेसनका निर्देशक श्रीराम माधवले नेपाल–भारतबीच धेरै बलियो बहुपक्षीय सम्बन्ध भएको बताउनुभयो । 

दुईदेशबीच धार्मिक, सभ्यतामूलक तथा सांस्कृतिक सम्बन्ध भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाल–भारतबीच हिन्द महासागरभन्दा पनि गहिरो सम्बन्ध छ, कहिलेकाही हिन्दमहासागरमा तूफान आउँछ, तूफान कम भएपछि दुई देशको सम्बन्ध धेरै उचाइमा छ ।” 

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दुई दिने गोष्ठीमा द्विपक्षीय हित र विकास गर्ने सम्बन्धमा १० जना व्यक्तित्वले प्रवचन दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

गोष्ठीको बिहीबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीले समापन गर्नुहुने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ