कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

ने"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानको रक्षा गर्नु सबैको साझा दायित्वः वरिष्ठ नेता खनाल

१८ कार्तिक २०७३, बिहीबार १२:५५

कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

नेकपा ९एमाले० प्रदेश नं २ कमिटीद्वारा आज सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याउनुभयो । 

एमालेका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक छ, भन्नुभयो । 

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उहाँले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गनुभयो । 

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको छ भन्नुभयो ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का