कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

ने"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानको रक्षा गर्नु सबैको साझा दायित्वः वरिष्ठ नेता खनाल

२०७३, १८ कार्तिक बिहीबार १२:५५

कात्तिक १८, जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गर्नुभएको छ । 

नेकपा ९एमाले० प्रदेश नं २ कमिटीद्वारा आज सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याउनुभयो । 

एमालेका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक छ, भन्नुभयो । 

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उहाँले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गनुभयो । 

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको छ भन्नुभयो ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन