२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका राष्ट्रपति मुखर्जी जनकपुरमा

२०७३, १९ कार्तिक शुक्रबार ०६:४५

कात्तिक १९, जनकपुर । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर आइपुग्नुभएको छ । 

काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत अभिवादन गर्नुभएको थियो । 

राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै, उहाँको सम्मानमा जनकपुरवासीद्वारा प्रदान गरिने नागरिक अभिनन्दन ग्रहणसमेत गर्नुहुने कार्यक्रम रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आउनुभएको थियो । भारतीय राष्ट्रपति आज नै पोखरा जाने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ