२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका राष्ट्रपति मुखर्जी जनकपुरमा

१९ कार्तिक २०७३, शुक्रबार ०६:४५

कात्तिक १९, जनकपुर । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर आइपुग्नुभएको छ । 

काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत अभिवादन गर्नुभएको थियो । 

राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै, उहाँको सम्मानमा जनकपुरवासीद्वारा प्रदान गरिने नागरिक अभिनन्दन ग्रहणसमेत गर्नुहुने कार्यक्रम रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आउनुभएको थियो । भारतीय राष्ट्रपति आज नै पोखरा जाने कार्यक्रम रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य