२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अस्ट्रेलिया र क्यानडामा श्रम सम्झौताका लागि प्रस्ताव गर्दै सरकार

२८ भाद्र २०८१, शुक्रबार ०९:४३

भदौ २८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्ट्रेलिया र क्यानडासँग श्रम सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ। क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका रूपमा विकास गर्न श्रम सम्झौताको मस्यौदा तयारी भइरहेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए।


श्रम मन्त्रालयले चालु आर्थिक वर्षमा नयाँ रोजगार गन्तव्य देश खोज्न कमिटी बनाएको थियो। कमिटीले यस वर्ष क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छनोट गर्न श्रम मन्त्रालयलाई सुझाव दिएको छ। सोही सुझावका आधारमा क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छानिएको उप्रेतीले बताए।

‘क्यानडा र अस्ट्रेलिया अध्ययन गर्न गएका नेपाली रोजगारीमा कार्यरत छन्। सरकारले यी देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीमा कामदार पठाउन खाजेको छ। जसका लागि अध्ययन र मस्यौदा बनाउने काम भइरहेको छ’, उनले भने। उप्रेतीका अनुसार क्यानडा र अस्ट्रेलियामा कस्ता कामदारको माग बढी छ भनेर अध्ययन भइरहेको छ।

बोर्डका अनुसार क्यानडा र अस्ट्रेलिया सूचना प्रविधि, उद्योग, होटल, ड्राइभर र कृषि क्षेत्रमा कामदार पठाउने गरी प्रस्ताव गर्न लागिएको छ। दुई देशमा गरी वार्षिक तीन हजार कामदार पठाउन पहल गरिने उप्रेतीले बताए।

सरकारले गत आर्थिक वर्षमा विकसित देश जर्मनी र रोमनियासँग श्रम सम्झौता गरेको थियो। रोमनियामा म्यानपावर कम्पनीले कामदार पठाइरहेको छ। सरकारले भने पठाउन सकेको छैन। श्रम सम्झौतामा भने सरकारले पनि कामदार पठाउने उल्लेख छ। जर्मनसँग जिटुजी मोडलमा कामदार पठाउन श्रम सम्झौता भएको थियो। श्रम सम्झौता भएको एक वर्षसम्म पनि सरकारले जर्मनी कामदार पठाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव