२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अस्ट्रेलिया र क्यानडामा श्रम सम्झौताका लागि प्रस्ताव गर्दै सरकार

२०८१, २८ भाद्र शुक्रबार ०९:४३

भदौ २८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्ट्रेलिया र क्यानडासँग श्रम सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ। क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका रूपमा विकास गर्न श्रम सम्झौताको मस्यौदा तयारी भइरहेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए।


श्रम मन्त्रालयले चालु आर्थिक वर्षमा नयाँ रोजगार गन्तव्य देश खोज्न कमिटी बनाएको थियो। कमिटीले यस वर्ष क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छनोट गर्न श्रम मन्त्रालयलाई सुझाव दिएको छ। सोही सुझावका आधारमा क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छानिएको उप्रेतीले बताए।

‘क्यानडा र अस्ट्रेलिया अध्ययन गर्न गएका नेपाली रोजगारीमा कार्यरत छन्। सरकारले यी देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीमा कामदार पठाउन खाजेको छ। जसका लागि अध्ययन र मस्यौदा बनाउने काम भइरहेको छ’, उनले भने। उप्रेतीका अनुसार क्यानडा र अस्ट्रेलियामा कस्ता कामदारको माग बढी छ भनेर अध्ययन भइरहेको छ।

बोर्डका अनुसार क्यानडा र अस्ट्रेलिया सूचना प्रविधि, उद्योग, होटल, ड्राइभर र कृषि क्षेत्रमा कामदार पठाउने गरी प्रस्ताव गर्न लागिएको छ। दुई देशमा गरी वार्षिक तीन हजार कामदार पठाउन पहल गरिने उप्रेतीले बताए।

सरकारले गत आर्थिक वर्षमा विकसित देश जर्मनी र रोमनियासँग श्रम सम्झौता गरेको थियो। रोमनियामा म्यानपावर कम्पनीले कामदार पठाइरहेको छ। सरकारले भने पठाउन सकेको छैन। श्रम सम्झौतामा भने सरकारले पनि कामदार पठाउने उल्लेख छ। जर्मनसँग जिटुजी मोडलमा कामदार पठाउन श्रम सम्झौता भएको थियो। श्रम सम्झौता भएको एक वर्षसम्म पनि सरकारले जर्मनी कामदार पठाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन