२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेन्द्रविरुद्ध लागेको भन्दै कांग्रेस सांसद भण्डारीले गरे प्रधानमन्त्रीको आलोचना

३० भाद्र २०८१, आईतवार ०८:३९

भदौ ३०, काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले देशमा कायम सद्‍भाव बिगार्ने काम गरिरहेको आरोप उनले लगाएका छन् ।

ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनी आलोचनामा उत्रिएका हुन् ।


प्रधानमन्त्री ओलीले एमालेका नेताहरूलाई विपक्षीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मकनलिएको जिकिर पनि भण्डारीले गरेका छन् ।

‘प्रधानमन्त्रीज्यू मुलुकको महत्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो । स्वभावतः वहाँबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा हुन्छ । वहाँका विचार, अभिव्यक्ति र व्यवहारले देशलाई निर्देशित गर्नुपर्दछ । आमनागरिकमा आशाको सञ्चार गराउने तथा आपसी सद्भाव बढाउन मद्दत गर्नु पर्दछ’, उनले भनेका छन्, ‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियले वहाँले नेताहरूलाई विपक्षीविरुद्ध आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रुपमा लिएका छैनन् ।’

भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा रहेको पनि बताएका छन् ।

‘काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, महानगरलाई व्यवस्थित बनाउन उनी क्रियाशील देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो । हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपतिलाई निर्देशन दिनु सुहाउँदो लागेन’,उनले जिकिर गर्दै भनेका छन्, ‘देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आशीन व्यक्ति भएकाले वहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव