२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु जग्गा काण्डले बुढानीलकण्ठ र बालकोटलाई मिलायोः दाहाल

३० भाद्र २०८१, आईतवार ११:०६

भदौ ३०, झापा | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको सरकारले उठान गरेका मूलतः नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गा घोटाला काण्डका कारण नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएका छन्।

आइतबार झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यी दुई काण्डमा दुई पार्टीका ‘गतिलै’ नेताहरू पर्ने भएकाले बुढानीलकण्ठ र बालकोटको मिलन भएको बताए।


उनले भने, ‘हामीले निकै ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्यौँ। तर यी दुईवटा फाइलले उनीहरूको निद्रा बिग्रियो र संसारमा हुँदै नभएको संसदका दुई ठूला दलको अप्राकृतिक गठबन्धन बन्यो।’

आफूले गिरीबन्धु टी स्टेटको ५१ बिघा जग्गा टेक्ने अवसर पाएको भन्दै त्यही जग्गा काण्डमा कांग्रेसले एमालेलाई र एमालेले कांग्रेसलाई दोष लगाएको दाहालले बताए।

उनले भने, ‘उनीहरूको त्यो एक–अर्काको आरोप भ्रष्टाचारीलाई जोगाउन बाहेक केही होइन।’

अहिलेसम्म प्राप्त उपलब्धिलाई सिध्याउने किसिमले संविधान संशोधनको कुरा ल्याए मान्य नहुने उनले बताए। बंगलादेशको घटना दोहोर्‍याउँदै उनले बहुमतको घमण्ड नगर्न कांग्रेस र एमालेका नेताहरूलाई चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव