२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- गोर्खा मिडियामा रवि लामिछानेको खातासम्बन्धी हल्ला अतिरञ्जित

३१ भाद्र २०८१, सोमबार ०७:१७

भदौ ३१, काठमाडौँ । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित छानबिन समितिका सदस्य शिशिर खनालले सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता नपाइएको बताएका छन् ।

समितिले आज प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग कुरा गर्दै उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे ।

खनालले भने, ‘सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको देखिएको छैन । यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने छौँ ।’


गोर्खा मिडियामा तीन जनाको नाममा खाता रहेको विषयलाई अतिरञ्जना गरिएको उनले बताए ।

‘उहाँ गोर्खा मिडियाको प्रबन्ध निर्देशक हो । प्रबन्ध निर्देशकसहित तीन जना मिलेर खाता खोले भन्नुमा कुनै तुक छैन । यसलाई अतिरञ्जना गर्न खोजियो,’ उनले भने ।

गोर्खा मिडियामा सहकारीको रकम खर्च गरेकोमा उहाँमाथि कारबाही सिफारिस हुन्छ ? भन्ने प्रश्नमा खनालले स्पष्ट जवाफ दिएनन् ।

‘रकम आइसकेपछि पनि कस्तो उत्तरदायित्व सिर्जना हुन्छ वा हुँदैन भन्ने थप अध्ययनको विषय हुन सक्छ,’ उनले भने ।

तपाईँहरू सहमतिमै प्रतिवेदन बुझाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा खनालले जवाफ दिए, ‘एक छिनमा थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव