२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- गोर्खा मिडियामा रवि लामिछानेको खातासम्बन्धी हल्ला अतिरञ्जित

२०८१, ३१ भाद्र सोमबार ०७:१७

भदौ ३१, काठमाडौँ । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित छानबिन समितिका सदस्य शिशिर खनालले सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता नपाइएको बताएका छन् ।

समितिले आज प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग कुरा गर्दै उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे ।

खनालले भने, ‘सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको देखिएको छैन । यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने छौँ ।’


गोर्खा मिडियामा तीन जनाको नाममा खाता रहेको विषयलाई अतिरञ्जना गरिएको उनले बताए ।

‘उहाँ गोर्खा मिडियाको प्रबन्ध निर्देशक हो । प्रबन्ध निर्देशकसहित तीन जना मिलेर खाता खोले भन्नुमा कुनै तुक छैन । यसलाई अतिरञ्जना गर्न खोजियो,’ उनले भने ।

गोर्खा मिडियामा सहकारीको रकम खर्च गरेकोमा उहाँमाथि कारबाही सिफारिस हुन्छ ? भन्ने प्रश्नमा खनालले स्पष्ट जवाफ दिएनन् ।

‘रकम आइसकेपछि पनि कस्तो उत्तरदायित्व सिर्जना हुन्छ वा हुँदैन भन्ने थप अध्ययनको विषय हुन सक्छ,’ उनले भने ।

तपाईँहरू सहमतिमै प्रतिवेदन बुझाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा खनालले जवाफ दिए, ‘एक छिनमा थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन