२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

२ आश्विन २०८१, बुधबार ०७:२७

असोज २, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सो पार्टीले भदौ ९ गतेदेखि चार महिने साङ्गठनिक अभियान चलाइरहेको छ । प्रत्येक प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अहिले पालिका र जिल्लाहरूमा कार्यक्रम जारी रहेको छ । बैठकमा त्यसको समीक्षा गर्नुका साथै असोज ३ गतेको संविधान दिवसबारे पनि छलफल गर्ने बताइएको छ ।

सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान दिवसको विरोध गर्ने बताए । असोज ३ गते संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि दबाब दिने समेत उनले बताए ।


संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायत विषयलाई समेट्नुपर्ने उनले बताए ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनमा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत उपेक्षा गरिएको बताउँदै अध्यक्ष यादवले संविधानसभामा समेत छलफल नै नगराई जबरजस्ती सरकारले जनतामाथि दमन गरी जारी गरिएको संविधान विभेदकारी र त्रुटिपूर्ण रहेको दाबी गरे ।

यो संविधानले मधेसी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदायहरूका साथै उत्पीडित जात÷जाति एवम् समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताउँदै उनले संविधानमा सङ्घीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४