२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रसाईंलाई पक्राउ गर्न प्रहरी: एक घण्टासम्म ढोका नखुलेपछि कम्पाउन्डबाट भर्‍याङ लगाएर प्रवेश

२०८१, ६ आश्विन आईतवार ११:१८

असोज ६, काठमाडौं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। साइबर व्युरोको टोलीले डीएसपीको नेतृत्वमा भक्तपुरस्थित कमेरोटारमा रहेको प्रसाईंको घरमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले प्रारम्भमा तीन मिनेटभित्र ढोका खोल्न भने पनि एक घण्टासम्म ढोका नखोलिएपछि प्रहरी बलले घर कम्पाउन्डमा भर्‍याङ लगाएर प्रवेश गरेको थियो।


प्रसाईंले प्रहरीसँग असहयोग गर्दै अपशब्द प्रयोग गरेका थिए भने उनका अंगरक्षकहरूले हातपात गरेका थिए। उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई गत साता नै प्रसाईं र उनका दुई युट्युबर साथीहरू, प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

उनीहरूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य टीका संग्रौला र केही महिलाहरूले साइबर अपराधसम्बन्धी उजुरी दिएका थिए। उजुरीमा विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, वेश्यावृत्तिका आरोप लगाउने, र आपत्तिजनक अभिव्यक्ति दिने गरेको आरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह