२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

८ आश्विन २०८१, मंगलवार ०८:४७

असोज ८, काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि राजनीतिक हलचल सुरु भएको छ। पक्राउको खबर बाहिर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार साँझ पार्टीको वनस्थलीस्थित कार्यालय पुगे। लामिछानेको गिरफ्तारीको सम्भावना बारेमा चलिरहेको हल्लाका कारण कार्यालयमा रास्वपा नेता-कार्यकर्तादेखि सञ्चारकर्मीको भिड जम्मा भयो।

यद्यपि, प्रहरीले हालसम्म लामिछानेविरुद्ध कुनै पक्राउ पुर्जी जारी नगरेको बताइएको छ। यो मुद्दामा प्रहरी माथिको आदेशको पर्खाइमा रहेको जनाइएको छ।

गोरखा मिडिया प्रकरणमा संसदीय विशेष छानबिन समितिले तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक समिति सदस्य छविलाल जोशीसहित चार जनालाई कारबाहीको सिफारिस गरेको थियो। जोशीको गिरफ्तारीपछि समितिको सिफारिस अनुसार कार्यान्वयन सुरु भएको प्रहरीले बताएको छ।

पक्राउ परेका जोशीलाई अदालतले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइएको छ। रवि लामिछानेले भने आफूले गोरखा मिडिया प्रकरणमा कुनै भूमिका नखेलेको भन्दै सफाइ दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर दुवै विदेशमा रहेकाले रविको गिरफ्तारीबारे निर्णय उनीहरूको स्वदेश फिर्तीपछि मात्रै हुने सम्भावना रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट