२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

२०८१, ८ आश्विन मंगलवार ०८:४७

असोज ८, काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि राजनीतिक हलचल सुरु भएको छ। पक्राउको खबर बाहिर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार साँझ पार्टीको वनस्थलीस्थित कार्यालय पुगे। लामिछानेको गिरफ्तारीको सम्भावना बारेमा चलिरहेको हल्लाका कारण कार्यालयमा रास्वपा नेता-कार्यकर्तादेखि सञ्चारकर्मीको भिड जम्मा भयो।

यद्यपि, प्रहरीले हालसम्म लामिछानेविरुद्ध कुनै पक्राउ पुर्जी जारी नगरेको बताइएको छ। यो मुद्दामा प्रहरी माथिको आदेशको पर्खाइमा रहेको जनाइएको छ।

गोरखा मिडिया प्रकरणमा संसदीय विशेष छानबिन समितिले तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक समिति सदस्य छविलाल जोशीसहित चार जनालाई कारबाहीको सिफारिस गरेको थियो। जोशीको गिरफ्तारीपछि समितिको सिफारिस अनुसार कार्यान्वयन सुरु भएको प्रहरीले बताएको छ।

पक्राउ परेका जोशीलाई अदालतले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइएको छ। रवि लामिछानेले भने आफूले गोरखा मिडिया प्रकरणमा कुनै भूमिका नखेलेको भन्दै सफाइ दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर दुवै विदेशमा रहेकाले रविको गिरफ्तारीबारे निर्णय उनीहरूको स्वदेश फिर्तीपछि मात्रै हुने सम्भावना रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन