कात्तिक २१, काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेप"/>

४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा भारत र चीनविरोधी गतिविधि हुनै दिँदैनौं: रक्षामन्त्री

२१ कार्तिक २०७३, आईतवार ०९:३६


कात्तिक २१, काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी कुनै गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँडले भारत र चीन दुवै नेपालका असल छिमेकी मित्रराष्ट्र भएकाले दुवै देशविरोधी गतिविधि नेपालमा हुनै नदिने बताएका हुन् । उनले अघि थपे,‘दुवै देश हाम्रा उच्च महत्व बोेकेका छिमेकी मित्रराष्ट हुन, दुवै मुुलुक जनसंख्या र भुगोलको हिसावले विशाल मुलुक हुन् ।’ उनले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताए ।

आयोजित साक्षात्कारमा मन्त्री खाँडले नेपाल दुवै विशाल छिमेकी मुलुकहरुको वीचमा रहेकोले यसको सूरक्षाको महत्व रहेको बताउँदै भने,‘यसको धेरै ठूलो रणनैतिक महत्व छ, नेपालले संसारका कुनैपनि देशको खिलाफामा विरोधी गतिविधि हुन दिनुहुँदैन, र नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिनुहुँदैन ।’

उनले त्यसको लागि नेपालले भारतीय र चीनीयाँ सरकार र जनतामा कुनै शंका उपशंका गर्न दिन नहुने जिकिर गरे । उनले भने,‘त्यसैले हाम्रो निश्कर्ष भनेको नै नेपालमा भारत र चीनविरोधी गतिविधि गर्न दिनुहुँदैन्, त्यही अनुसार नै हामी बढो उच्च सर्तकताका साथ अघि बढिरहेका छौं ।’

नेपाली सेनालाई संघीय संरचना अनुुसार नै ७ प्रदेशमै नेपाली सेनाको उपस्थिति होस् र सेनाको सञ्चालन केन्द्रिय संघीय सरकारले नै गर्ने र समन्वयकारी भूमिकाको लागि ७ वटै प्रदेशमा उपस्थिति होस् भन्ने सेनाको सोचाईलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।

नेपाली सेनाले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटेर आफ्नो भूमिकामा खरो रुपमा उत्रेको भन्दै मन्त्री खाँडले भने,‘नेपाली सेनाले नेपालको राष्ट्रिय हित र रक्षाको लागि सदैव योगदान पुर्याएको छ, अहिले मुलुकमा शान्ति बहाली भएपछि सेना र सुरक्षा निकायको भूमिका पनि बदलिएको छ, अहिले सेनाले विपद व्यवस्थापनमापनि भूमिका निर्वाह गर्दै आएको छ ।’

सिमित स्रोत र साधनका बावजुदपनि सरकारको निर्देशन बमोजिम प्राकृतिक प्रकोप नियन्त्रण, पहाडी तथा हिमाली क्षेत्रमा बाटो निर्माणको लागि महत्वपूर्ण रचनात्मक भूमिका निर्वाह गरेको भन्दै उनले सेनाको प्रशंसा समेत गरे । हिमतालको सुरक्षा, राष्ट्रपति चुरे संरक्षणको लागि, नदि तालहरुको सुरक्षाको लागि सेनालाई जिम्मेवारी दिईएको र त्इसको साथसाथै

उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको मातहतमा विभिन्न द्धन्द्धरत मुलुकहरुमा शान्ति स्थापनको लागि समेत महत्वपूर्ण योगदान पुर्याएको बताउँदै भने,‘अहिले नेपालको पिस किपिङ् मिसनमा सेना र अन्य निकायका गरि ५१३१ जना खटिरहेका छन्, र यसमा ७३ जनाले सहादतपनि प्राप्त गर्नुभयो, केही साथीहरु घाईते हुनुभएको छ, तथापि उहाँहरुले आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ ।’

सरकारले उनीहरुको लागि आधुनिक स्रोत तथा साधन जुटाउनको लागि सरकार गम्भिर रहेको समेत मन्त्री खाँडले बताए । उनका अनुसार पिस किपिङ् मिसनमा पर्फमेन्सनमा नेपाल छैटौं स्थानमा रहेको छ । सेनालाई आधुनिक लजिस्टिक साम्रागीहरु उपलब्ध गराउनेबारे सरकारले सोचिरहेको छ ।

उनले संयुक्त राष्ट्रसंघ अन्र्तगर्तको शान्ति मिसनमा नेपालबाट प्रतिनिधित्व हुनेहरुको संख्या १० हजार पुगोस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले अघि थपे,‘यसबारेमा हामीले सम्बन्धित प्रतिनिधिहरु आउँदापनि कुरा राखेका छौं, अहिले हालै फ्रान्समा पिस किपिङ् मिसनसम्बन्धी फ्रांन्को फोम भन्ने मिटिङ् थियो, त्यसको लागि फ्रेन्च बोल्नेबारे, त्यहाँपनि नेपाली पिस किपरर्सहरुको बारेमा प्रशंसा भएको थियो ।’

मन्त्री खाँडले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण अत्यन्तै फलदायी र ठूलो उपलब्धि भएको दाबी गरे । उनले अघि थपे,‘भारतीय राष्ट्रपतिको नेपाल आगमन हुनु नेपालको लागि ठूलो उपलब्धि हो, नेपाल र भारतवीच भएको मैत्री सम्बन्धलाई अझै उचाईमा पुर्याउन र नयाँ आयाम थप्न यसले महत्वपूर्ण भूमिका खेलेको छ।’

राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणसँगै नेपालले जुनसुकै राष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्री नेपाल आउँदा सुरक्षा गर्न सक्छ भन्ने सन्देश विश्वभरि प्रवाह भएको समेत उनको विश्वास थियो । उनले भने,‘नेपाल सुन्दुर, शान्त अनि सुरक्षाको दृष्टिकोणले पनि अत्यन्तै सफल छ है भन्ने सन्देश विश्वभरि नै प्रवाह भएको छ, यो सन्देश विश्वभरका पर्यटकहरुलाई गएको छ ।’

राष्ट्रपति मुखर्जीको सुरक्षामा कुनै कमी नआओस् भनेरै आफूहरुले कडा सूरक्षाको प्रबन्ध गरेको मन्त्री खाँडले स्पष्ट पारे । उनले थपे,‘भारतीय राष्ट्रपति नेपाल आएकोमा हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबै खुशी नै हुनुहुन्छ ।’ उनले भोलिका दिनमा चीनीयाँ राष्ट्रपति आउँदा यही तहको सुरक्षा व्यवस्था समेत गर्ने जनाए ।

मन्त्री खाँडले भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाको लागि झण्डै १६ हजार सुरक्षाकर्मीहरु खटाईएको पनि जानकारी दिए । उनले भने,‘भ्रमण सफल भयो, यसले राम्रो मेसेज गएको छ, हामीले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएका थियौं ।’

राष्ट्रपति मुखर्जीको भ्रमणका बेला दिईएको सार्वजनिक विदाका बारेमा सार्वजनिक विरोध भएपनि त्यो नेपालको चलन नै भएको उनले स्पष्ट पारे । उनले भने,‘राष्ट्रप्रमुख आउँदा विदा गर्ने हाम्रो चलन नै हो, यो विदा हामीले सम्मानको लागि पनि गरेका हौं, त्यस्तै सूरक्षाको समुचित प्रवन्धनको लागि विदा दिईएको हो ।’ उनले भ्रमणको सवारी व्यवस्थापन र सम्मानको लागि विदा दिएको जिकिर गरे ।

उनले अब चिनीयाँ राष्ट्रपति नेपाल आउँदा पहिलो पटक नेपाल आउने भएकोले उनको सम्मानमा पनि यस्तै गर्ने बताए । मन्त्री खाँडले थपे,‘’यो त अभ्यास पनि हो ।’ उनले नेपालमा राष्ट्रपति र प्रधानमन्त्री मात्रै नभएर ठूला ठूला कलाकारहरुलाई पनि नेपाल बोलाउनुपर्ने धारणा राखे ।

उनले भने,‘यसो गर्न सकियो भने नेपाली जनताले संविधान बनाए, नेपाली जनताले नेपाल चलाएका छन् भन्ने सन्देश प्रवाह हुन्छ ।’ उनले द्धिपक्षीय उच्चस्तरीय भ्रमणका आदान प्रदान हुनुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो लागि उच्चस्तरीय भ्रमण आवश्यक छ ।’

उनले मुलुक यतिवेला संविधान कार्यान्वयनतर्फ अघि बढिरहेको बताए । संविधान संशोधनमार्फत सबैको अपनत्व हुनेगरि संविधान संशोधनको प्रयत्न भैरहेको समेत उनले स्प्ष्ट पारे । संविधान कार्यान्वयनको लागि र तीनवटै निकायको चुनावको लागि पनि संविधान संशोधनको आवश्यकत्ता मन्त्री खाँडले औंल्याए । उनले थपे,‘काँग्रेस सबै दलको भावनालाई समेटेर अघि बढ्छ ।’

नेपाली काँग्रेसका नेता समेत रहेका खाँडले पार्टीको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरे । महाधिवेशन निर्देशक समितिका संयोजक समेत रहेका खाँडले पार्टीमा अहिले कुनै खेमा नभएकोले महाधिवेशन पार्टीका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको सहमति अनुसार नै हुने जिकिर गरे । १३ औं महाधिवेशनपछि काँग्रेसमा कुनै खेमा, गुट तथा उपगुट नरहेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी