सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

<"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधन प्रक्रिया अन्तिम चरणमा: सभामुख घर्ती

२१ कार्तिक २०७३, आईतवार ०९:४९


सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी ।व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

संविधान संसोधनका बिषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुद दलहरु बीच गम्भीर छलफल अन्तिम चरणमा रहेकोले संविधान संसोधन छिटै शुरु हुने बताईन् । तिहार मनाएर गृह जिल्ला रोल्पाबाट आईतबार काठमाडौँ फर्किने क्रममा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ दाङले आयोजना गरेको स्वागत तथा दिवाभोज कार्यक्रममा सहभागी हुनु भएकी सभामुख घर्तीले स्थानिय सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै यस्तो बताईन् । 

उनले संविधान संसोधनका बिषयमा दलहरु गम्भीर रुपमा अगाडी बढ्नु भएकोले छिट्टै नै संसोधनको विधेयक संसदमा पेस हुने विश्वास समेत व्यक्त गरिन् । सभामुख घर्तीले संविधान कार्यान्वयन प्रक्रिया समेत केही हद सम्म अघि बढि सकेको बताईन् । 

संविधान कार्यान्वयन अन्र्तगत आयोग सम्बन्धी ऐन पारित हुनुका साथै निर्वाचन सम्बन्धी बिधेयक समेत समितीबाट संसदमा पेस गर्ने तयारी रहेको जानकारी दिईन् । संविधान संसोधन र संविधान कार्यान्वयन प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहमति बिना सम्भव नरहेको दाबी गरिन् । उनले यी दुबै बिषयमा प्रतिपक्ष दल एमालेले सहयोग गर्नेमा पूर्ण बिश्वस्त रहेको बताईन् । 

सभामुख घर्तीले स्थानिय निकायको पुर्नसंरचनाको बिषयमा जनताको मत आउनु अत्यन्तै राम्रो र लोकतन्त्रको सुन्दरता नै यही भएको बताईन् । उनले यस्तो बिबाद देश भरिबाट नै आईरहेको छलफलबाटै सहमति खोजिनु पर्ने बताईन् । 

उनले स्थानिय निकाय र संसदीय निर्वाचनका लागि सरकारको प्राथमिकताको बिषय रहेको र सबै दलहरु निर्वाचन गरिनु पर्ने माग पनि रहेको बताईन् । स्थानिय निकायको निर्वाचन हुन नसक्दा कार्य सम्पादन जटिल बन्दै गएकोले छिटै नै निर्वाचन हुनु पर्ने बताईन् । 

सभामुख घर्तीले लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराए पछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमति पछि समितीमा पठाउने बताईन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव