कात्तिक २१, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २१, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन ।

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोगको पक्षमा नउभिए कांग्रेस बढारिन्छ: ज्ञवाली

२०७३, २१ कार्तिक आईतवार १२:१०


कात्तिक २१, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तिन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताएका छन ।

अहिलेको परिस्थीतीमा चैतमा स्थानीय निकाएको निर्वाचन नहुने संकेत आएकोले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताएका छन । पछिल्लो समय ३ ठुला राजनीतिक दलहरुमा बढदै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकोले सचेत हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समयमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथी लगाईएको महाअभियोगमा नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिदै ज्ञवालीले नेकपा एमालेका जुनसुकै नेताहरुले भष्टाचार गरेको फाईल अगाडी बढाउनको लागि एमाले बाधक नहुने बताए ।

रिपोर्टस क्लव नेपाल अर्घाखाँची शाखाले अर्घाखाँचीको खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने बताउदै अहिले सत्ता टिकाउनको लागि राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारले नेपाल र भारतवीचको सम्बन्ध सुमधुर रहेको बताएतापनी भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार गर्न नर्गनुले नेपाली जनतामा भ्रम श्रृजना गरेको बताए ।

अर्को प्रसङगमा नेता ज्ञवालीले संविधान कार्यान्वयन गरी राष्ट्रीय निकासको निम्ती एमालेले तराईबाट देशव्यापी जन दवाव दिनेको लागी अभियान सुरु बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित