प्रेम सुनार/कात्तिक २१, गुल्मी ।  गुल्मीको ४ नम्वर ईलाका  र  जुभुङ्ग वलिथुम सहितको एउटै स्थानिय निकाय हुनु पर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/कात्तिक २१, गुल्मी ।  गुल्मीको ४ नम्वर ईलाका  र  जुभुङ्ग वलिथुम सहितको एउटै स्थानिय निकाय हुनु पर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रिएक"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आन्दोलनकारीको माग सम्वोधनमा दलहरु विच विमती

२०७३, २१ कार्तिक आईतवार १२:५३

प्रेम सुनार/कात्तिक २१, गुल्मी ।  गुल्मीको ४ नम्वर ईलाका  र  जुभुङ्ग वलिथुम सहितको एउटै स्थानिय निकाय हुनु पर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरुको माग सम्वोधन गर्ने विषयमा यहाँका प्रमुख तिन राजनैतिक दलहरुको फरक फरक मत  रहेको पाईएको छ  । 

आन्दोलनकारीद्धारा जिविस घेराउको आज चौथो दिन सार्वजानिक रुपमा सञ्चार माध्यम संग  आ–आफ्नो धारणा दिन मानेका प्रमुख तिन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको अभिव्यक्तिबाट मत भिन्नता पाईएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आँपचौरलाई यता ल्याँउँदा वामी नगरपालिका बन्न नसक्ने भएकोले तुराङ्ग र रुपाकोटलाई खैरेनी नगरपालिकामा राखेर माग सम्वोधन गर्न सकिन्छ भन्ने पक्षमा देखिएको छ भने नेकपा एमाले शान्तिपुरबाट तुराङ्ग र  रुपाकोटलाई झिकेर शान्तिपुरलाई विशेष क्षेत्र बनाउने र मजुवा वा आसपासको स्थानमा केन्द्र बनाई त्यस भेगलाई स्थानिय निकायनै बनाउनु पर्छ भन्ने अडानमा उभिएको छ ।

नेपाली कांग्रेसका सभापित भुवनप्रसाद श्रेष्ठले  तुराङ्ग र रुपकोटको माथील्लो भेगलाई शान्तिपुर केन्द्रमा  प्रशासनिक सेवा लिन पठाने र ति दुई गाविसको तल्लो भागलाई खैरेनी नगरपालिका बनाएर प्रशासनिक निकाय  समेत मजुवा र खैरेनी बाँडफाँड गरी  सुविधा हुने  पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

‘वास्तवमा मजुवावासीले उठाएको माग जायज हो त्यति मात्र होईन नेकपा एमालेका क्षेत्रिय कमिटी अध्यक्ष चेतन बस्नेत जस्तो जिम्मेवारी व्यक्तिकै अगुवाईमा त्यहाँ स्थानिय निकाय बनाईनु पर्छ भनेर एक डेढ महिना अघि नै डेलिगेशन आएको थियो । 

सभापति श्रेष्ठले भने –‘कार्यदलमा नेकपा एमाले पनि थियो र हामी सवै पनि थियौं, त्यतिका दिन सम्म नेकपा एमालेले आफ्नै नेता वस्नेत संग समन्व्य गरी त्यस ईलाकामा निकाय बनाउनु पर्छ भनेर जोड गरेन जव कार्यदलले खाका बनाएर हामीलाई पेश गर्दा यो कुरामा जोड गरिएको छ,  यदि  त्यस भेगमा स्थानिय निकाय बनाउन चाहेको हो भने नेकपा एमाले निक गौडाकोटमा बनाउन तयार भयो त ? ’

एमाले नेता वस्नेतले पनि आफ्नो पार्टीका नेताहरुलाई घटघचाई रहनु पर्दथ्यो  र कार्यदलका सवैलाई पनि के कसो भयो भनेर चासो राखी रहनु पर्दथ्यो , हाम्रो नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति पारिश्वर जी छिनछिनमा सम्पर्कमा रही रहनु भयो, र हामी पनि उहाँ संग समन्व्य गरी रह्यौ सभापति श्रेष्ठले  थपे –यस्तो कुरा वेलैमा सोच्न र  जोड गनु पर्दछ । ’

उनले आँपचौरलाई यता ल्याउँदा वामी नगरपालिका बनाउन नसकिने, यता तुराङ्ग र रुपाकोटलाई शान्तिुपुर नलैजादा जनसंख्याका कारण चन्द्रकोट गाउँ पालिका बन्न नसक्ने भएकाले  खैरेनी नगरपालिका बनाएर रुपाकोट र तुराङ्ग गाभ्ने विकल्प देखिएको  स्पष्ट पारे ।

नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्थले त्यसो  भन्दा शान्तिपुरलाई विशेष क्षेत्र बनाएर आँपचौर,  तुराङ्ग, रुपाकोट, जुभुङ्ग, वलिथुम सहितको गाउँपालिका अझै पनि बनाउन सकिने धारणा राखे । ‘ नेकपा एमाले त्यस भेगको बेग्लै स्थानिय निकाय बनाउने पक्षमा छ र बनाउन सकिने आधारहरु पनि हामी संग छन् ’ उनले भने–‘हामी विश्वस्त छौं, त्यहाँ स्थानि निकाय बनाउन दलहरु विच सहमति जुट्ने कुरामा । ’

तुराङ्ग र रुपाकोट झिके पछि चन्द्रकोट नगरपालिका बनाउन  जनसंख्या पुग्दैन , उता आँपचौर वामीबाट झिके रुद्रवती नगरपालिका पनि बन्न सक्दैन कसरी ईलाका नम्वर ४  लगायतमा स्थानिय निकाय वन्न सक्छ त  ? भन्ने प्रश्नमा नेता पन्तले  जन संख्या पुग्ने दावि गरे ।

नेकपा माओवाली केन्द्र पनि नेपाली कांग्रेस झै खैरेनीलाई नगरपालिका बनाएर तुराङ्ग रुपाकोटलाई  केन्द्र नजिक पार्ने र भोली बस्ने प्रशासनिक निकाय पनि बाँड गर्न सकिने पक्षमा उभिएको छ ।  

सो पार्टीका जिल्ला संयोजक विरबहादुर कार्कीले भने –‘हामी विशेष गरी मजुवाको पक्षमा जनयुद्ध देखि उभिदै आएका छौं र अहिले पनि मजुव कै पक्षमा छौं तर  भुगोल र जनसंख्या मिलाउँदा निकै समस्या परेकोले त्यस भेगमा स्थानिय निकाय बनाउन  सकिने अवस्थै छैन् । ’

उनले थपे–‘तर पनि उपल्लो तुराङ्ग र रुपाकोटको  माथील्लो भेगलाई शान्तिपुर र तलको भागलाई खैरेनीलाई नगरपालिका बनाएर गाभ्न सकिने विकल्प छ यसवारे दलहरु विच छलफल जारी छ ।’

उनले वामीलाई नगरपालिका बनाउन दखल पुराउन नहुने र चन्द्रकोटलाई पनि  दखल पुराउन नहुने  धारणा राखे । नेकपा एमाले भने खेरेनीलाई नगरपालिका बनाउनुको सट्टा कि १३ वटा स्थानि  निकाय बढाउनु पर्ने वा मिलाएर त्यस मजुवा भेगलाई बेग्लै निकाय बनाउन चाहेको नेता पन्तको भनाईले देखाएको छ ।

 आयोगले एउटा गाउँपालिकालाई २२ हजार जनसंख्या, समस्या परे त्यसमा १५ प्रतिशत घटाउन सकिने, नगरपालिकाका लागि ३५ हजार तोकेको छ  । एक जिल्लामा कम जन संख्या भए  एउटा विशेष क्षेत्र निकाय बनाउन पाईने भएको छ । क्षेत्र नम्वर १ को जनसंख्या अन्य क्षेत्रको भन्दा कम भएका र भुगोलको समस्या पनि कारण यस्तो समस्या आएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस