कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

व्यापक जनदवावपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस

२०७३, २२ कार्तिक सोमबार ०१:३३


कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गाउँपालिका सिफारिस गरिने भएको हो ।

आइतबार बिहान ७ बजेदेखि बसेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठक साँझ करिब ६ बजेमात्र टुङ्गिएको थियो । आयोगले नौवटा सङ्ख्या निर्धारण गरेको भएता पनि बैठकले रोल्पाका लागि १० वटा स्थानीय तहको सिफारिस गरी पठाउने निर्णय गरेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चायतकालदेखि सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा चर्चा, परिचर्चा पाएको ऐतिहासिकता र भौगोलिक विकटताको कारण थवाङलाई थप एक स्वायत्त गाउँपालिका माग गर्न बैठकमा सहमति भएको हो । 

बैठकमा थवाङलाई गाउँपालिका बनाउने विषयमा सबैको सहमति भएता पनि नेपाली काँग्रेस र राप्रपा नेपालले भने केही बुँदामा असहमतिका साथ निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् । 

कार्यसर्त र कार्यविधिमा इलाकालाई मुख्य आधार मान्ने उल्लेख भएता पनि भइरहेको इलाकाको केन्द्र जुगारमा प्रस्तावित त्रिवेणी गाउँपालिकाको केन्द्र नराखेको भनी नेपाली काँग्रेसले असहमति जनाएको छ । राप्रपा नेपालले पनि जुगारमा र प्रस्तावित लुङ्ग्री गाउँपालिकाको केन्द्र गाजावाङमा नराखेको भनी असहमति जनाएको छ । 

बैठकले थवाङ स्वायत्त क्षेत्र, रोल्पा नगरपालिका केन्द्र लिवाङ, त्रिवेणी गाउँपालिका केन्द्र त्रिवेणी÷जुगार, रुन्टीगढी गाउँपालिका केन्द्र होलेरी, दुईखोली गाउँपालिका केन्द्र पुत्लाखोला, सुकीदह गाउँपालिका केन्द्र सुखाओडार, माडी गाउँपालिका केन्द्र घर्तीगाउँ, सुवर्णावती गाउँपालिका केन्द्र सुलिचौर, सुनछहरी गाउँपालिका केन्द्र पोवाङ र लुङ्ग्री गाउँपालिका केन्द्र बडाचौर गरी १० वटा सङ्ख्या सिफारिस गरी पठाउने भएको छ । 

समितिले सदरमुकाममा रहेको नगरपालिका लिवाङको नाम परिवर्तन गरी रोल्पा नगरपालिका नामाकरण गर्ने निर्णय गरेको जनाएको छ । थवाङलाई गाउँपालिका बनाउने सहमति भएपछि थवाङवासी घरघर फर्किसकेको आन्दोलन समितिका संयोजक जयप्रकाश रोकाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै