कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

व्यापक जनदवावपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस

२२ कार्तिक २०७३, सोमबार ०१:३३


कात्तिक २२, रोल्पा । व्यापक जनदबाबपछि थवाङ स्वायत्त गाउँपालिका सिफारिस हुने भएको छ । विगत तीन दिनदेखि थवाङवासीहरुले गरेको आन्दोलनका कारण थवाङलाई स्वायत्त गाउँपालिका सिफारिस गरिने भएको हो ।

आइतबार बिहान ७ बजेदेखि बसेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठक साँझ करिब ६ बजेमात्र टुङ्गिएको थियो । आयोगले नौवटा सङ्ख्या निर्धारण गरेको भएता पनि बैठकले रोल्पाका लागि १० वटा स्थानीय तहको सिफारिस गरी पठाउने निर्णय गरेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चायतकालदेखि सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा चर्चा, परिचर्चा पाएको ऐतिहासिकता र भौगोलिक विकटताको कारण थवाङलाई थप एक स्वायत्त गाउँपालिका माग गर्न बैठकमा सहमति भएको हो । 

बैठकमा थवाङलाई गाउँपालिका बनाउने विषयमा सबैको सहमति भएता पनि नेपाली काँग्रेस र राप्रपा नेपालले भने केही बुँदामा असहमतिका साथ निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् । 

कार्यसर्त र कार्यविधिमा इलाकालाई मुख्य आधार मान्ने उल्लेख भएता पनि भइरहेको इलाकाको केन्द्र जुगारमा प्रस्तावित त्रिवेणी गाउँपालिकाको केन्द्र नराखेको भनी नेपाली काँग्रेसले असहमति जनाएको छ । राप्रपा नेपालले पनि जुगारमा र प्रस्तावित लुङ्ग्री गाउँपालिकाको केन्द्र गाजावाङमा नराखेको भनी असहमति जनाएको छ । 

बैठकले थवाङ स्वायत्त क्षेत्र, रोल्पा नगरपालिका केन्द्र लिवाङ, त्रिवेणी गाउँपालिका केन्द्र त्रिवेणी÷जुगार, रुन्टीगढी गाउँपालिका केन्द्र होलेरी, दुईखोली गाउँपालिका केन्द्र पुत्लाखोला, सुकीदह गाउँपालिका केन्द्र सुखाओडार, माडी गाउँपालिका केन्द्र घर्तीगाउँ, सुवर्णावती गाउँपालिका केन्द्र सुलिचौर, सुनछहरी गाउँपालिका केन्द्र पोवाङ र लुङ्ग्री गाउँपालिका केन्द्र बडाचौर गरी १० वटा सङ्ख्या सिफारिस गरी पठाउने भएको छ । 

समितिले सदरमुकाममा रहेको नगरपालिका लिवाङको नाम परिवर्तन गरी रोल्पा नगरपालिका नामाकरण गर्ने निर्णय गरेको जनाएको छ । थवाङलाई गाउँपालिका बनाउने सहमति भएपछि थवाङवासी घरघर फर्किसकेको आन्दोलन समितिका संयोजक जयप्रकाश रोकाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’