कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बता"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनताका लागि भरलाग्दो जनविरोधिका लागि डरलाग्दो माओवादी हो: आधार

२०७३, २२ कार्तिक सोमबार ०६:२३

कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बताएका छन । 

उन्नत चेतनामा अधारीत मध्यम वर्गलाई समेत समेटेर गरिने अवको एकिकृत क्रान्तिमा त्यस्ता व्यक्तीको आवश्यकता भएको भन्दै आधारले आफ्ना कार्यकर्ता त्यस्तै बन्नुपर्ने बताएका हुन । 

नेकपा माओवादी सल्यानको बैठकलाई सम्बोधन गर्दै राप्ती व्यूरो इन्चार्ज समेत रहेका उनले अहिले कसैका लागि डरलाग्दो र कसैका लागि भरलाग्दो पार्टी माओवादी भएको भन्दै डर दिनुपर्नेहरुलाई झनै डराउने गरि गर्जिन र भरमान्नेलाई नजिक लिएर जान जिल्ला तहका कार्यकर्तालाई निर्देशन समेत दिएका छन । यतिबेला भ्रष्ट, तस्कर जनविरोधिहरु डर मानिरहेको र श्रमजिवि वर्गले भर मानिरहेको भन्दै उनले दुबै कुरालाई पार्टीको लागि सकारात्मक भएको उनको कथन थियो । 

शहर र गाउलाई जोडेर एकैसाथ गरिने एकिकृत क्रान्तिलाई चिनाउने गरि फाल्गुण १ मा काठमान्डौमा उद्घाटन गरि रोल्पाको थपाङ्गमा सम्पन्न गर्ने पार्टीको आठौं महाधिवेशनको तयारी स्वरुप गरिएका गतिविधिको समिक्षा बैठकमा पार्टीका यूवा नेता तथा पुर्व जिल्ला सेक्रेटरी असल क्षेत्रीले पनि सम्बोधन गरेका थिए । 

]उनले देशमा मात्रै हैन अहिले माओवादी पार्टी अन्तराष्ट्रिय रुपमा परिचित भएको र अव संसार भरिका माओवादीको विश्वासिलो नजर नेपालको एकिकृत क्रान्तिमा लागेको र त्यसलाई पुरा गर्ने अभिभारा आफुमा आएको बताएका थिए । 

दशै र तिहार अवधिमा संगठनका गतिविधिमा केन्द्रिय भएको माओवादीले कार्तिक २८ गतेको नेपाल बन्दमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने जनाएको छ ।  जिल्ला सेक्रेटरी डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनपरिषद् प्रमुख लोकपाल केसी लगायत जिल्ला पार्टी सदस्यहरुको सहभागिता माओवादीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै