कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बता"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनताका लागि भरलाग्दो जनविरोधिका लागि डरलाग्दो माओवादी हो: आधार

२२ कार्तिक २०७३, सोमबार ०६:२३

कात्तिक २२, सल्यान । नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्ग र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बैज्ञानिक विचार बोकेकाहरु नै कम्यूनिष्ट हुने बताएका छन । 

उन्नत चेतनामा अधारीत मध्यम वर्गलाई समेत समेटेर गरिने अवको एकिकृत क्रान्तिमा त्यस्ता व्यक्तीको आवश्यकता भएको भन्दै आधारले आफ्ना कार्यकर्ता त्यस्तै बन्नुपर्ने बताएका हुन । 

नेकपा माओवादी सल्यानको बैठकलाई सम्बोधन गर्दै राप्ती व्यूरो इन्चार्ज समेत रहेका उनले अहिले कसैका लागि डरलाग्दो र कसैका लागि भरलाग्दो पार्टी माओवादी भएको भन्दै डर दिनुपर्नेहरुलाई झनै डराउने गरि गर्जिन र भरमान्नेलाई नजिक लिएर जान जिल्ला तहका कार्यकर्तालाई निर्देशन समेत दिएका छन । यतिबेला भ्रष्ट, तस्कर जनविरोधिहरु डर मानिरहेको र श्रमजिवि वर्गले भर मानिरहेको भन्दै उनले दुबै कुरालाई पार्टीको लागि सकारात्मक भएको उनको कथन थियो । 

शहर र गाउलाई जोडेर एकैसाथ गरिने एकिकृत क्रान्तिलाई चिनाउने गरि फाल्गुण १ मा काठमान्डौमा उद्घाटन गरि रोल्पाको थपाङ्गमा सम्पन्न गर्ने पार्टीको आठौं महाधिवेशनको तयारी स्वरुप गरिएका गतिविधिको समिक्षा बैठकमा पार्टीका यूवा नेता तथा पुर्व जिल्ला सेक्रेटरी असल क्षेत्रीले पनि सम्बोधन गरेका थिए । 

]उनले देशमा मात्रै हैन अहिले माओवादी पार्टी अन्तराष्ट्रिय रुपमा परिचित भएको र अव संसार भरिका माओवादीको विश्वासिलो नजर नेपालको एकिकृत क्रान्तिमा लागेको र त्यसलाई पुरा गर्ने अभिभारा आफुमा आएको बताएका थिए । 

दशै र तिहार अवधिमा संगठनका गतिविधिमा केन्द्रिय भएको माओवादीले कार्तिक २८ गतेको नेपाल बन्दमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने जनाएको छ ।  जिल्ला सेक्रेटरी डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनपरिषद् प्रमुख लोकपाल केसी लगायत जिल्ला पार्टी सदस्यहरुको सहभागिता माओवादीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’