कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास ग"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्र रक्षाका लागि महाभियोग प्रस्ताव पास गर्नुपर्छ: प्रधानमन्त्री

२२ कार्तिक २०७३, सोमबार ०७:०१

कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिवार बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए । “प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ”–उनले भने ।

वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानव अधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लङ्घनका दोषीलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्न नहुने र लागु औषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ ।

भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिटै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ ।

काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त बनाउने योजना ल्याउन निर्देशन

त्यसैगरी प्रधानमन्त्रीले ‘काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त बनाउने’ योजनाबारे नेपाल विद्युत् प्राधिकरणसँग खाका ल्याउन निर्देशन दिएका छन्।

बिहान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटका क्रममा प्रधानमन्त्रीले उपत्यकालाई तत्कालै विद्युत्भार कटौती गर्ने आफ्नो सङ्कल्पअनुरूप अघि सारेको ‘काठमाडौँलाई विद्युत्भार कटौती बनाउने’ योजनामा सहयोग गर्न निर्देशन दिए ।

नयाँ योजना सञ्चालनका लागि तयारी गर्न, विद्युत् चोरी, बक्र्यौता नतिर्नेजस्ता समस्या समाधान गर्न, देशलाई विद्युत्भार कटौती गर्ने कार्ययोजना तयार गर्न र ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न समेत प्रधानमन्त्री दाहालले निर्देशन दिए ।

सोही अवसरमा निर्देशक घिसिङले प्राधिकरणले उपत्यकामा लोडसेडिङ अन्त्य गर्दै देशभरि नै अन्त्य गर्ने कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का