समाजबादी राज्य सत्ता स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता झनै बढेर गएको छ  - बुढा

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समाजबादी राज्य सत्ता स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता झनै बढेर गएको छ  - बुढा

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको लमहीबाट शुरु भयो अक्टोबर क्रान्तिको एक वर्षे अभियान

२२ कार्तिक २०७३, सोमबार १६:१२


समाजबादी राज्य सत्ता स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता झनै बढेर गएको छ  - बुढा

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राष्ट्रिय जनमोर्चा दाङले अक्टोबर क्रान्तिको सतवार्षिकी पुरा भएको अवसरमा एक वर्षे कार्यक्रम शुरु गरेको छ । वार्षिक कार्यक्रमको सोमबार देउखुरीको लमहीमा एक कार्यक्रमको आयोजना गरी उद्घघाटन गरिएको छ । सतबार्षिकी कार्यक्रमको उद्घाटन गदै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । उनले रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको दिनको स्मरण गदै अहिले पनि विश्वका क्रान्तिकारी पार्टीहरुले आत्मासाथ गदै नयाँ अक्टोबर क्रान्तिका लागि घनिभुत रुपमा लाग्न आग्रह गरे ।

“अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका शुरु गएको अभियानको उद्घाटन समारोहको प्रमुख अतिथी समेत रहनु भएका महासचिव बुढाले समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा जोड दिए । उनले नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । उनले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।


राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका उपाध्यक्ष दोर्णबहादुर घर्तीको अध्यक्षतामा भएको सतबार्षिकी उद्घाटन कार्यक्रममा बोल्दै नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले अक्टोबर क्रान्तिको भावनालाई आत्मासाथ गदै नेपालमा पनि क्रान्तिकारी आन्दोलन र बर्ग संघर्षलाई बलियो बनाउन सबै नेता कार्यकर्ताहरु जनताहरुको घरदैलोमा जानुपर्ने बताए । उनले देशको राष्ट्रियता, स्वाभिमान र अखण्डता बचाई राख्न हजारौँ क्रान्तिकारीहरुको खाँचो रहेको बताए । राजमो जिल्ला सदस्य पदमप्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सर्त बार्षिकी समारोह सञ्चालन समितीका सदस्य काशीनाथ पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय महासचिव नारायण योगी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अन्टुकका केन्द्रिय सदस्य ठाकुर खनाल, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्यद्धय कृष्ण गिरी, कपिलदेव खनाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रिय सदस्य तारा खनाल, कतार नेपाली एकता समाजका हुमाकान्त आचार्य र अखिल नेपाल महिला संघकी जिल्ला सदस्य गौरी खड्का बक्ताले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका छन् । सो अवसरमा राजपुर—६ का वार्ड नागरिक मञ्चका संयोजक महेश चौधरीलाई पार्टी सदस्य प्रदान गरी पार्टी प्रबेश गराएका छन् । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले सांस्कृितक प्रस्तुति राखेका थिए । कार्यक्रम हुनु अघि ¥यालीले लमही बजारको परिक्रममा समेत गरेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका सचिव गणेश आचार्यले गरेका थिए ।

    

राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले तथा भातृ संगठनले अक्टोबर क्रान्ति एक सय बर्ष पुरा भएको उपलक्ष्यमा अधिराज्यभर सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको छ । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । सतवार्षिकी कार्यक्रम अन्र्तगत कात्र्तिक २३ गते नारायणपुर, २४ गते तुलसीपुर, २५ गते गढवा र २६ गते भालुवाङ्गमा स्थानीय कार्यक्रमको उद्घाटन गरिने छ । मंसीर ११ गते घोराहीमा कार्यकर्ता प्रशिक्षण भेला, मंसिर अन्तिम साता अक्वोवरक्रान्ति सम्वन्धी वृहत विचारगोष्ठी गरिने कार्यक्रम रहेको राजमो दाङले जनाएको छ । वार्षिक कार्यक्रम अन्र्तगत मंसीर ११ गते घोराहीमा कार्यकर्ता प्रशिक्षण भेला, मंसिर अन्तिम साता अक्टोबर क्रान्ति सम्वन्धि वृहत विचार गोष्ठी गरिने कार्यक्रम छ । यसैगरी पौष महिनाभरी जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण भेला र अक्टोबर क्रान्तिको तुल, ब्यानर टागिने, माघ महिना भर आर्थिक संकलन अभियान सञ्चालन गर्ने, फागुन, चैत र बैशाख महिनाभर जिल्लालाई तीन भागमा विभाजन गरी मार्च अभियान सञ्चालन गरिने कार्यक्रम सार्वजनिक रहेको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य