स्थानीय बिकास अधिकारीले मनोमानी गरेको आरोप

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ देउखुरी । स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्थानीय बिकास अधिकारीले मनोमानी गरेको आरोप

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ देउखुरी । स्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय तह पुर्न संरचनाका लागि दाङबाट सिफारिस गरिएको १० तहको मोडेल ७ राजनितिक दलको बिरोध

२२ कार्तिक २०७३, सोमबार १७:०१

स्थानीय बिकास अधिकारीले मनोमानी गरेको आरोप

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । स्थानीय तह पुर्न संरचनाका लागी दाङबाट सिफारिस गरिएको मोडेलहरु जिल्लामा कृयाशिल नेपाली काँग्रेस सहित ७ राजनितिक दलहरुले बिरोध जनाएका छन ।दलहरुले सोमबार तुलसीपुरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पुर्व सहमतिलाई लत्याएर स्थानिय बिकास अधिकारीले मनोमानि ढंगले १० बिकल्प सहितको प्रतिवेदन पठाएको भन्दै बिरोध गरेका हुन । उनीहरुले कात्तिक १८ गते वसेको सर्व दलिय सर्व पक्षिय वैठकमा १३ वटा स्थानिय तह नवढाई शिफारिस गर्ने मोटामोटि सहमति भएको थियो, तर कसरी एकाएक १० वटा तह वनाउने सहमति भयो नेपाली काग्रेसका जिल्ला सभापती कृति बहादुर खडकाले पत्रकार सम्मेलनमा भने  ।

सो अवसरमा बोल्दै खडकाले दाङ क्षेत्र नम्वर ४ का सांसद वुद्धिराम भण्डारिको उपस्थीतिमा वसेको सर्वदलिय वैठकले २ उपमहानगर , २ नगरपालिका र अन्य गाउँ पालिका गरि १३ मा नवढाई शिफरिस गर्ने सहमति भएको बताए । तर २१ गते स्थानिय विकास अधिकारिले पुनह सर्व दलिय सर्वपक्षिय वैठक वसालि मनोमानि ढगले १० वटा कायम गर्ने निर्णय गरिएको प्रति हामि असन्तुष्ट छौ पत्रकार सम्मेलनमा खडकाले भन्नु भयो । सो अवसरमा बोल्दै सांसद वुद्धिराम भण्डारीले स्थानिय निकाय पुर्नसंरचना आयोगको मापदण्ड नै त्रुटिपुर्ण रहेको भन्दै आपत्ति प्रकट गरे ।

साथै भण्डारिले दाङलाई १० तह वनाउने गरि गरिएको शिफारिस प्रति समेत उहाँले आपत्ति प्रकट गर्नु भयो । उहाँले जति सक्यो धेरै तह बनाउदा जनतालाई सहज हुने बताए । बाईट साथै पत्रकार सम्मेलनमा कात्तिक १८ गते भएको सहमति अनुसारको प्रतिवेदन पठाउन माग समेत गरिएको छ । पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा नेपाली काग्रेस दाङका कृति बहादुर खडका , राप्रपा नेपालका जिल्ला अध्यक्ष क्षेत्र बहादुर वस्नेत, राप्रपाका वंशि कुमार शर्मा , अखण्ड नेपाल पार्टिका केन्द्रीय सदस्य सुमन थापा , तराई मधेस सदभावना पार्टिका अध्यक्ष ओम प्रकास गुप्ता , संघिय लोकताण्त्रीक राष्ट्रिय मंचका प्रान्तिय केन्द्रीय अध्यक्ष शरण थारु , सामाजिक लोकतान्त्रीक पार्टिका तिल बहादुर पुन लगाएतकाले हस्ताक्षर गरेका छ्न  । यसैबिच स्थानीय तथा पुनसंरचना आयोग जिल्ला प्राविधीक समितिले दाङमा २ उपनगरपालिका सहित १० स्थानीय तह सिफारिस गरेकोप्रति कांग्रेस त्रिपुर नगर समितिले विरोध गर्दै भत्सर्ना गरेको छ । त्रिपुर नगरपालिकालाई घोराहीमा गाभेर उपमहानगरपालिका बनाउने समितिको प्रस्तावप्रति नगर समितिको घोर आपत्ती रहेको नगर सभापति दिपक पाण्डेले जानकारी दिए ।

साथै यो प्रस्तावलाई पुनरावलोकन गरेर अहिले रहेका ४ नगरपालिकालाई कायम राख्दै ८ गाँउपालिका बनाएर १२ स्थानीय तह बनाउनुपर्ने नगर समितिको माग रहेको बताए । यसो गरेमा भौगोलिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक जस्ता विषयमा समायोजना हुने सभापति पाण्डे । अहिले गरेकोे प्रस्ताव त्रिपुर नगरपालिकाबासीहरुलाई मान्य नहुने र आफूहरुको मागमा वेवास्ता गरे त्रिपुरबासीहरु कडा आन्दोलन गर्ने ले बताए ।यता प्रस्तावित संरचना नमिलेको भन्दै गोल्टाकुरीका राजनीतिक दलहरुले प्रशासनिक सुगमता मिलानकालागि जिल्ला प्राविधिक समितिलाई ज्ञापणपत्र बुझाएको छ । समितिका संयोजक एवं स्थानीय विकास अधिकारी कुल बहादुर जिसीलाई उनीहरुले आज ज्ञापनपत्र बुझाएका छन ।


सर्वदलिय, सर्वपक्षिय टोलीले गोल्टाकुरीलाई दंगीशरण गाउपालिकामा राखेर त्यसको केन्द्र बागर तोकिदा प्रशासनिक विकटता हुने जानकारी गराएको हो । उनीहरुले बागर केन्द्रमा प्रशासनिक कार्यकालागि जानुभन्दा प्रस्तावित तुलसीपुर उपमहानगरपालिकामै रहदा सुगमता रहने बताए । यही अवस्थामा प्रशासनिक कार्यकालागि हुलाकी मार्गपूर्वको क्षेत्रलाई बागर पुग्न तुलसीपुर हुदै बागर पुग्नुपर्ने अवस्था रहेको भन्दै उनीहरुले पुनरसंरचना गर्दा जनताले खोजेको सुगमतालाई ख्याल गर्न अपील गरेका थिए ।मागप्रति सुनुवाई नभए कडा आन्दोलनमा जान बाध्य हुने एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरीले बताए । गाविसवासीको माग जायज भन्दै जिल्ला प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले दलिय सहमतिमा मिलान गर्न सकिने बताए । उनले गाविसवासीले दिएको ज्ञापनपत्र र माग जस्ताको तस्तै आयोगमा सिफारिस गर्ने प्रतिवद्धता समेत जनाए । सर्वदलिय,सर्वपक्षिय टोलीमा नेपाली काँग्रेस गोल्टाकुरी गाउ इकाई सभापति नन्दराम केसी, एमाले गोल्टाकुरीका अध्यक्ष चित्रलाल चौधरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष धनवीर चौधरी, फोरमका झरेन्द्र केसी, राप्रपा नेपालका नोखीराम खत्री, राप्रपाका युवराज खड्का, युवा सञ्जाल गोल्टाकुरीका खेमराज बुढाथोकी, एन्टीभाइरस युथ क्लवका एमएन शाह,पत्रकारहरु प्रकाश डाँगी, देवेन्द्र भण्डारी, स्थानीय शरदिन कुसारी, क्षेत्रबहादुर बस्नेतलगायत हुनुहुन्थ्यो । प्रस्तावित दंगीशरण गापामा गोल्टाकुरी, हेकुली र श्रीगाउ मिलाएर त्यसको केन्द्र श्रीगाउको बागरलाई तोकिएको छ ।

यता स्थानीय तथा पुनसंरचना आयोग जिल्ला प्राविधीक समितिले दाङमा २ उपनगरपालिका सहित १० स्थानीय तह सिफारिस गरेकोप्रति कांग्रेस त्रिपुर नगर समितिले विरोध गर्दै भत्सर्ना गरेको छ । त्रिपुर नगरपालिकालाई घोराहीमा गाभेर उपमहानगरपालिका बनाउने समितिको प्रस्तावप्रति नगर समितिको घोर आपत्ती रहेको नगर सभापति दिपक पाण्डेले जानकारी दिए । साथै यो प्रस्तावलाई पुनरावलोकन गरेर अहिले रहेका ४ नगरपालिकालाई कायम राख्दै ८ गाँउपालिका बनाएर १२ स्थानीय तह बनाउनुपर्ने नगर समितिको माग रहेको बताए । यसो गरेमा भौगोलिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक जस्ता विषयमा समायोजना हुने सभापति पाण्डे बताए । अहिले गरेकोे प्रस्ताव त्रिपुर नगरपालिकाबासीहरुलाई मान्य नहुने र आफूहरुको मागमा वेवास्ता गरे त्रिपुरबासीहरु कडा आन्दोलन गर्ने उनले  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य