खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सवै सल्यानीलाई धनि बनाउने गरी काम अघि बढाएको छु: ऊर्जामन्त्री

२३ कार्तिक २०७३, मंगलवार ०९:३२

खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले काम अघि बढाएको दावी गरेका छन । नेपाल पत्रकार महासंघ सल्यानले सोमबार वेलुकी सल्यानको श्रीनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले  ९३ मेगावाटको २२ अर्वको लगानीमा सल्यानको कालिमाटीमा शारदा जलाशययुक्त विद्युत आयोजना अघि बढाउने निर्णय आफुले गरीसकेको बताएका छन  । 

भेरीनदिमा १६ वटा विद्युत आयोजनाको सम्भावना देखिएको भन्दै ऊर्जामन्त्रि शर्माले नलसिङगाड, उत्तरगंगा लगायतका जलविद्युत आयोजनामा लगानी गर्न समेत नागरिकहरुलाई आग्रह गरेका छन ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई अघि सारेर नेपालका जलविद्युतमा जनताले चाहेजति लगानी गर्नका लागी काम अघि बढाइरहेको उनले बताए । तुलसिपुर सल्यान ३३ केभि विद्युत प्रशारण लाइन तिन महिनाभित्र स्तरोन्नती बनाइसक्ने, सल्यानको श्रीनगरमा निर्माणाधिन विद्युत सव स्टेशनको काम २ महिनाभित्र सम्पन्न गरीसक्ने प्रतिवद्धता जनाए । आफु मन्त्री भएर काम शुरु गरेको दुई महिना मात्रै भएकोले आफुले नितिगत रुपमा नेपालको विद्युतको विकासको लागी काम शुरु गरेको बताएका छन ।

त्यस्तै अर्काे प्रसङ्मा शर्माले अंगिकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा कुनैपनि हालतमा मान्य नहुने बताएका छन । अहिले संविधान संधोधन मार्फत अंगिकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र आफुलाई समेत अमान्य रहेको प्रस्ट पारे । 

अंगिकृत नागरिकता पाएकाहरुलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र मलाई समेत मान्य छैन उनले भने यो हुनै नसक्ने कुरा वाहिर आउनु हल्ला मात्रै हो । अहिले वाहिर आएजसरी संविधान संशोधनको तयारी नभएको भन्दै शर्माले हल्लाको पछि नलाग्न आग्रह गरे । उनले संविधान संशोधनमा आएका हल्लाहरु उपप्रधानमन्त्रि विमलेन्द्र निधिको प्रस्ताव मात्रै भएको जुन निर्णय नभएको बताए ।

प्रधानमन्त्रि, एमाले अध्यक्ष र काँग्रेस सभापतिको छलफलपछि मात्रै महाअभियोग प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए । त्यसदिन पटकपटकको तिन दलका नेता अनि मेरो र प्रधानमन्त्रिको वैठक भएको हो उनले भने । 

सहमतिबाटै ल्याइएको महाअभियोग प्रस्ताव पनि तिनदलकै सहमति अनुसार पारीत हुन्छ । लोकमानले समानान्तर सत्ता चलाएकोले महाअखभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन । अहिले सहमतिका लागि छलफल भइरहेको र सहमति भएपछि मात्रै संविधान संशोधन गरिने बताए । अहिले सरकारको मुख्य काम संविधान कार्यान्वयन, स्थानिय निर्वाचनको मिति घोषणा गर्नु रहेको उर्जामन्त्री जनार्दन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य