कात्तिक २३, काठमाडौँ । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, काठमाडौँ । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको ब"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब माओबादीद्वारा नेपाल बन्दको घोषणा

२३ कार्तिक २०७३, मंगलवार ०९:४०

कात्तिक २३, काठमाडौँ । नेकपा (माओवादी)का पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले मुलुकमा खाद्य सम्प्रभुताको ग्यारेन्टीका लागि आफ्नो पार्टी नेपाल बन्द गर्न बाध्य भएको बताएका छन् । 

मंगलबार संवाद डबलीमा आयोजित ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ विषयक अन्तरक्रियता कार्यक्रममा बोल्दै पुनले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले कुनै हालतमा नसुनेपछि आउँदो कात्तिक २८ गते नेपाल बन्दको आयोजना गर्न बाध्य भएको बताए । ‘हामीले पहिलो चोटी खाद्य सम्प्रभुताबारे आन्दोलन थालेका छौं, पुनले भने, ‘जनताको जीवनसँग जोडिएको विषय भएकाले जनताको साथ र समर्थन पनि पाइने पूर्ण आशा छ ।’

अखाद्य वस्तु आयात गर्ने, मुलुकमै उत्पादन भएको उत्कृष्ट खाद्य निर्यात गर्ने प्रचलनको अन्त्य गर्न सहजै सम्भव नभएकाले आम जनताको व्यापक सहभागितामा खाद्य सम्प्रभुताको सूनिश्चितताको लागि अन्तिम संघर्ष जनताको बाध्यकारी भएको पुनको धारणा थियो ।

‘वर्तमान संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भन्ने तर तिनै संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्षको विकल्पै छैन,’ उनले भने ।

कार्यक्रममा हिसानका सचिव रामहरी शिलवालले राज्य सञ्चालक सही नहुँदा र नीति स्पष्ट नहुँदा जनताले चर्को मुल्यमा खाद्य बस्तु खरिद गर्नुपरेको बताए । ‘वितरण प्रणाली सही छैन, कमिशन स्टेपहरु धेरै छन्, उत्पादनकर्ताले मूल्य पाउँदैन, उपभोक्ताले चर्को मुल्य तिर्नुपर्छ मारमा जनता परे,’ उनको धारणा थियो । कार्यक्रममा उद्योग व्यपार संघका अध्यक्ष युवाराज पराजुलीले खाद्य सम्प्रभुतको लागि नयाँ आन्दोलन गर्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का