२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : ऊर्जामन्त्री

२०७३, २३ कार्तिक मंगलवार ११:५७

कात्तिक २३, दाङ । ऊर्जामन्त्री जनार्दन शर्माले अव राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताउनुभएको छ । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी क्षेत्र र सरकारको सहकार्य बिना आर्थिक समृद्धि हासिल नहुने भन्दै उहाँले सरकारले लगानी मैत्री वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले व्यवसायीको समृद्धिका लागि आफूहरु लागिपरेको भन्दै ऊर्जा मन्त्रालयले देशभरि विद्युत्भार कटौती मुक्त गर्न अभ्यास सुरु गरिसकेको जानकारी दिनु भयो । 

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले व्यवसायीले ऊर्जा सङ्कट खेपिरहेको भन्दै लगानीको वातावरण सुनिश्चित गर्न वातावरण मिलाइदिन मन्त्री शर्मासँग आग्रह गर्नुभएको थियो । अध्यक्ष रिजालले मन्त्री शर्मालाई चारबुँदे ज्ञापनपत्र पेस गर्नुभएको थियो । ज्ञापनपत्रमा तुलसीपुरको विमानस्थलमा नियमित सञ्चालन र इन्धन डिपो स्थापना, विद्युत्भार कटौतीको दीर्घकालीन रुपमा व्यवस्थापन र दाङ जिल्लालाई प्रदेश नं ५ को सङ्घीय राजधानी बनाइनुपर्ने लगायतका माग सङ्घले बुझाएको ज्ञापनपत्रमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे