२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : ऊर्जामन्त्री

२३ कार्तिक २०७३, मंगलवार ११:५७

कात्तिक २३, दाङ । ऊर्जामन्त्री जनार्दन शर्माले अव राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताउनुभएको छ । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी क्षेत्र र सरकारको सहकार्य बिना आर्थिक समृद्धि हासिल नहुने भन्दै उहाँले सरकारले लगानी मैत्री वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले व्यवसायीको समृद्धिका लागि आफूहरु लागिपरेको भन्दै ऊर्जा मन्त्रालयले देशभरि विद्युत्भार कटौती मुक्त गर्न अभ्यास सुरु गरिसकेको जानकारी दिनु भयो । 

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले व्यवसायीले ऊर्जा सङ्कट खेपिरहेको भन्दै लगानीको वातावरण सुनिश्चित गर्न वातावरण मिलाइदिन मन्त्री शर्मासँग आग्रह गर्नुभएको थियो । अध्यक्ष रिजालले मन्त्री शर्मालाई चारबुँदे ज्ञापनपत्र पेस गर्नुभएको थियो । ज्ञापनपत्रमा तुलसीपुरको विमानस्थलमा नियमित सञ्चालन र इन्धन डिपो स्थापना, विद्युत्भार कटौतीको दीर्घकालीन रुपमा व्यवस्थापन र दाङ जिल्लालाई प्रदेश नं ५ को सङ्घीय राजधानी बनाइनुपर्ने लगायतका माग सङ्घले बुझाएको ज्ञापनपत्रमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव