२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा स्थानीय तह पुनःसंरचनाको विषयमा दल विभाजित

२०७३, २४ कार्तिक बुधबार ०५:२७

 कात्तिक २४, बनेपा । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषयमा राजनीतिक दलहरु विभाजित भएका छन् । 

पुनःसंरचनाको विषयमा नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्वको एउटा र नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न दलले अर्को गरेर जिल्ला प्राविधिक सहयोग समितिमा फरक फरक दुई प्रस्ताव पेस गरेका छन् । दुई फरक प्रस्तावसँगै पुनःसंरचनाको जिम्मेवारी प्राविधिक सहयोग समितिलाई नै दिइएको छ । 

सो प्रस्तावमा आजदेखि प्राविधिक सहयोग समितिले काम सुरु गर्ने प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको सीमाङ्कन, वडाको सीमाङ्कन, नगरपालिकाको सीमाङ्कन, नगरपालिकाको केन्द्रलगायत धेरै विषयमा टुङ्गो लगाउनुपर्ने भएकाले केही दिन लाग्नेसक्ने उहाँको भनाइ छ । 

काभ्रेपलाञ्चोकमा काँग्रेस, एमाले सहितका विभिन्न साना दल आठ गाउँपालिका र ६ नगरपालिकासहित १४ स्थानीय निकाय हुने एउटा र माओवादीसहित केही साना दल एक उपमहानगरपालिकासहित १२ स्थानीय निकायको पक्षमा रहेका छन् । चार महिनादेखि धुलिखेलमा निरन्तर जारी राजनीतिक दलको बैठकमा सङ्ख्या र सीमाङ्कनको विषयमा विवाद देखिएको थियो । 

स्थानीय तह पुनःसंरचना आयोगलाई पुनःसंरचनासम्बन्धी प्रतिवेदन बुझाउने म्याद यही कात्तिक २० गते नै समाप्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै