कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक र"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम स्तुपको विकासका जिम्मा सरकारले लिनु पर्छ: खनाल

२४ कार्तिक २०७३, बुधबार ०९:५०


कात्तिक २४, परासी । नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एैतिहासिक पुरातात्विक तथा धार्मिक स्थल रामग्राम स्तुपलाई विकास गर्न अति आवश्यक रहेको बताउनु भएको छ । 

विश्वमा एकठाउँमा मात्र सुरक्षित भगवान गौतम बुद्धको अष्टधातु रहेको स्तुपलाई विश्वव्यापीकरण संग यसको उचित विकास गर्न सरकारले जिम्मा लिनु पर्ने बताउनु भयो । 

परिवारिक घुमघामको क्रममा रामग्राम स्तुपमा आईपुगेका नेता खनालले, स्तुपको संरक्षण गर्दै आवश्यक जग्गा अधिग्रहण गर्ने र विकासका लागि गुरुयोजना समेत बनाउनु पर्नेब धारणा राख्नु भयो । उहाँले स्तुपमा सर्वप्रथम भौतिक पुर्वाधारहरु निर्माण गरि विभिन्न विदेशिक बौद्ध टेम्पलहरुको समेत यसको विकासमा पर्ने धारण राख्नु भयो । 

स्तुपको संरक्षणका लागि शान्ति सुरक्षाको उचित व्यवस्था मिलाई स्तुपको दिर्घकालिन योजनाका आधारा यसको  विकास गरि बृहत रुपमा यहाँ आन्तरिक तथा बाहय पर्यटकहरु भित्राउन पर्ने नेता खनालको भनाई थियो । 

त्यसैबिच नेता खनालले बर्तमान सरकार निष्कृय रहेको दावी गर्दै संविधान कार्यान्वयको पक्षमा कुनै कदम नचालेको आरोप लगाउनु भयो । संविधान कार्यान्वयका लागि कार्यतालिका, ऐन, कानुनु निर्माण, स्थानिय निकायको चुनाव, र क्रियाशिल पार्टीबिचको एकता समेत जस्तो महत्वपुर्ण कामलाई अन्जाम दिइएको छैन । 

नेकपा एमाले अहिले बहुमतले ल्याइएको संविधान कार्यान्वनको पक्षमा छ । जबसम्म स्थानिय निकायको चुनाव, प्रदेशको चुनाव, राष्ट्रिय स्तरको चुनाव गरि संविधान कार्यान्वय हुदैन तबसम्म संविधान संशोधनको पक्षमा हामी उभिने छैनौ । 

संविधान संसोधनका लागि मेजर कुरा आउनु पर्छ र त्यसको औचित्य र महत्व पनि हुनु पर्छ यस्ता किसिमको कुनै प्रकारका संशोधन बुँदा प्रस्ताव नआएकोले संविधान संशोधन गर्न आवश्यक नरहेको नेता खनाल बताउनु भयो । 

संविधान कार्यान्वयमा केहि बाँधा अडचन आउन सक्छ जसलाई मेटाउन रुष्ट दलहरुलाई क्रमिक रुपले संविधान, नेपालको वास्तविकता, नेपालको भुमीको विषयमा बताएर चित्त बुझाउन पर्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’