डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 
<"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य अधिकार जनताको पक्षमा: आधार

२४ कार्तिक २०७३, बुधबार १०:१९


डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 

आफुले राष्ट्रियताको कुरा उठाउदै विभिन्न कार्यक्रम गर्दै आएको बताउदै आधारले जनताको अधिकार खाद्य अधिकार पनि भएको स्पष्ट पारेका हुन । नेकपा माओवादी दाङले घोराहीमा गरेको मुल्यवृद्धिले खाद्यप्रभुतामा राख्ने असर विषयक अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले नेपालमा भ्रष्ट आचरण भएको सरकार भएकाले यो सरकार नै भ्रष्टाचारीको रूप भएको बताएका छन । 

मुल्यवृद्धिका विषयमा अाफुले गर्ने कार्तिक २८ को नेपालबन्द पनि संघर्षको एउटा रूप भएको भन्दै त्यसमा सहयोग गर्न अनुरोध पनि गरेका हुन । नेपाल पत्रकार महासंघ दाङको हलमा भएको कार्यक्रममा पत्रकार तथा नागरिक अगुवाले बन्द भन्दा अरू कार्यक्रम राख्न गरिएको अनुरोधलाई राप्ती व्यूरो ईन्चार्ज समेत रहेका अाधारले उत्तर दिदै अप्रेशन गर्नुपर्ने विरामिलाई रगत आउँछ भनेर अप्रेशन नै नगर्ने विषयपनि बुझ्न भनेका थिए । 

आफुले बन्द एकैचोटी नगरेको भन्दै खाद्य सम्प्रभुताका विषयमा यो भन्दा पहिला अन्य गतिविधि गरेको र आफूले खाद्यन्नको वियषमा घटाउनुपर्ने मूल्य सहित प्रधानमन्त्रीलाई जानकारी दिएको तर त्यो विषयमा सरकार जिम्मेवार नभएकाले आफुले संघर्षका कार्यक्रम पेचिलो बनाउदै लगेको बताएका हुन । 

कार्यक्रमका अध्यक्ष तथा जिल्ला सेक्रेटरी शितलले आफुहरूले हिजो थाल ठोकेर विरोध गरेको भन्दै सरकारले आफ्ना विरोधका रूपलाई बन्दुकले दवाएमा त्यसको उत्तर बन्दुकले नै दिने बताएका छन । 

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष, क्रान्तिकारी पत्रकार संगठनका राप्ती संयोजक डिल्लीराज रावत, पत्रकार शरद अधिकारी, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, नागरीक समाजका चन्द्रराज पन्त, अखिल नेपाल शिक्षक संगठनका नारायण भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल