१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन: मन्त्री लेखक

२५ कार्तिक २०७३, बिहीबार ०६:५८

कात्तिक २५, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताउनुभएको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा भएको बताउनुभएको हो । “स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन हुनु हो ।” मन्त्री लेखकले भन्नुभयो– “त्यसका लागि सरकार तयारीका साथ अघि बढिरहेको छ ।” 

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका विषयमा मधेसवादी दलसित लोकतान्त्रिक ढङ्गले समस्याको सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । 

त्यसैगरी महाकाली नदीमा चार लेनको ८०० मिटर लम्बाइको पक्की पुल निर्माण सम्बन्धी विस्तृत प्रतिवेदन भारत सरकारलाई अन्तिम सहमतिका लागि पठाइएको छ भन्दै उहाँले आगामी चार महिनाभित्र पुल निर्माणका लागि बोलपत्र आह्वान हुने विश्वास व्यक्त गर्नुभयो । 

साथै डडेल्धुराको शीर्ष, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा पक्की पुल बनाउने विषयमा पनि सकरात्मक ढङ्गले अघि बढिरहेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो । 

मन्त्री लेखकलाई सम्मान 

रामलिला समिति कञ्चनपुरले आज भीमदत्तनगरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ । 

कञ्चनपुर क्षेत्र नं ४ का निर्वाचित सांसद समेत रहनुभएका मन्त्री लेखकले रामलिला महोत्सवमा पु¥याएको योगदान स्वरुप सो समितिले सम्मान गरेको हो । 

भीमदत्तनगरमा हालै सम्पन्न रामलिला महोत्सवमा ग सल्लाह, सुझाव एवम् सहयोग गरेको भन्दै समितिले सम्मान गरेको रामलिला उपसमिति संयोजक लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल