१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिक स्थिरता हुन नसक्दा आर्थिक विकास हुन सकेन : कमल थापा

२६ कार्तिक २०७३, शुक्रबार ०७:५८

कार्तिक २६, सल्यान । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता हुन नसक्दा लगानी नभित्रिएका कारण आर्थिक विकास हुन नसकेको बताएका छन ।देशको पछिल्लो राजनीतिक घटनाक्रमले देश झनै संकटमा परेको भन्दै उनले यसको राजनीतिक तरिकाले समाधान हुनुपर्नेमा जोड दिएकन छन । 

नयाँ सविधानले पनि जनतामा आशा दिन नसकेको बताएका उनले राजा सहितको हिन्दु राष्ट नै आफ्नो अडान हुने बताएका थिए । मिडिया नेपाल सल्यानको आयोजनामा श्रीनगरमा रहेको होटेल युनाईटेडमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री समेत रहेका थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने काम छलफल नगरेरै छापामार शैलीमा आएकाले त्यसमा राप्रपा नेपालले छलफल गरेर मात्र निर्णय लिने भनेका छन । सरकार परिवर्तनले जनतामा संविधान निर्माणपछि नकारात्मक प्रभाव पारेको जनाएका उनले २०७४ को माघ ७ गतेभित्र सबै निकायको चुनाव गराउनुपर्ने संविधानको मुल मर्म भएकोमा पनि जोड दिएका छन । 

यदि संविधान अनुसार समयमा चुनाव नभए देशको संविधान नै धरापमा पर्न सक्ने खतरा रहेको तर्फ उनले अौल्याएका छन । यसैविच उद्योग वाणिज्यसंघ सल्यानले गरेको स्वागत कार्यक्रममा बोल्दै नेता थापाले खुल्ला बजार अर्थनीतिको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले भने ू साम्यवादी विचार बोकेको चिनले समेत पछिल्लो समय खुल्ला बजार अर्थनीतिका कारण आर्थीक उन्नती गरेको बताए । आज नै राप्रपा नेपालले श्रीनरमा हिन्दुत्व जागरण सभा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल