२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिक स्थिरता हुन नसक्दा आर्थिक विकास हुन सकेन : कमल थापा

२०७३, २६ कार्तिक शुक्रबार ०७:५८

कार्तिक २६, सल्यान । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता हुन नसक्दा लगानी नभित्रिएका कारण आर्थिक विकास हुन नसकेको बताएका छन ।देशको पछिल्लो राजनीतिक घटनाक्रमले देश झनै संकटमा परेको भन्दै उनले यसको राजनीतिक तरिकाले समाधान हुनुपर्नेमा जोड दिएकन छन । 

नयाँ सविधानले पनि जनतामा आशा दिन नसकेको बताएका उनले राजा सहितको हिन्दु राष्ट नै आफ्नो अडान हुने बताएका थिए । मिडिया नेपाल सल्यानको आयोजनामा श्रीनगरमा रहेको होटेल युनाईटेडमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री समेत रहेका थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने काम छलफल नगरेरै छापामार शैलीमा आएकाले त्यसमा राप्रपा नेपालले छलफल गरेर मात्र निर्णय लिने भनेका छन । सरकार परिवर्तनले जनतामा संविधान निर्माणपछि नकारात्मक प्रभाव पारेको जनाएका उनले २०७४ को माघ ७ गतेभित्र सबै निकायको चुनाव गराउनुपर्ने संविधानको मुल मर्म भएकोमा पनि जोड दिएका छन । 

यदि संविधान अनुसार समयमा चुनाव नभए देशको संविधान नै धरापमा पर्न सक्ने खतरा रहेको तर्फ उनले अौल्याएका छन । यसैविच उद्योग वाणिज्यसंघ सल्यानले गरेको स्वागत कार्यक्रममा बोल्दै नेता थापाले खुल्ला बजार अर्थनीतिको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले भने ू साम्यवादी विचार बोकेको चिनले समेत पछिल्लो समय खुल्ला बजार अर्थनीतिका कारण आर्थीक उन्नती गरेको बताए । आज नै राप्रपा नेपालले श्रीनरमा हिन्दुत्व जागरण सभा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल