कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

२ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

संविधान संशोधन सरकारको प्राथमिकता: उपप्रधानमन्त्री निधि

२६ कार्तिक २०७३, शुक्रबार १०:३१

कात्तिक २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौँथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेसनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – कात्तिक मसान्तसम्ममा संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको छ । 

उपप्रधान मन्त्री निधिले प्रदेशको सीमाङ्कन, राष्ट्रियसभा गठन, नागरिकता र भाषा लगायतका विषयमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

सुनको महत्व परम्परागत रुपमा मात्र नभएर मुलुकको सवल अर्थतन्त्र निर्माण तथा नोट निष्काशनमा समेत रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो –राष्ट्रिय राजनीति स्थिर भए मात्र मुलुकका सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ । 

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले खुला सिमानाका कारण भन्सार नतिरकन सुन विदेशिन सक्ने खतरा रहेकाले यसको आयातमा कडाइ गरिएको बताउँदै बैङ्कसँग पर्याप्त सुनको मौज्दात रहेको भए पनि व्यवसायीले सो सुन नउठाइकन कारोबार गरेकाले मुलुकको राजस्वमा नकारात्मक प्रभावपर्ने गरेको धारणा व्यक्त गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले व्यापार सहज भए उत्पादन सस्तो हुने र निर्यात घटने हुँदा सरकारले त्यस किसिमको वातावरण बनाउनुपर्ने बताउनुभयो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले मुलुकमा गरगहना बनाउने विधि र प्रक्रिया पुरानै भएकाले बजारको माग अनुसार उत्पादन गर्न नसकिएको भन्दै माग अनुसारको उत्पादन गर्नका लागि यो व्यवसायलाई यान्त्रिकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

यो व्यवसायसंग सम्बन्धीत कच्चा पदार्थको पैठारी गर्दा सरकारले भन्सार छुटको व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार सुनारले सुनचाँदी गहना निर्देशिका ल्याउन सरकारसंग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल