सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतब"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङमा पनि अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

२०७३, २६ कार्तिक शुक्रबार ११:१८


सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिएको छ । 

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यले कार्यक्रमको उद्घाटन गदै समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा बताए । उनले नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । 

“अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका शुरु भएको अभियानको प्रमुख अतिथीको आसनबाट बोल्दै आचार्यले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । 

जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ता सबै जना घनभुत रुपमा लाग्नु निर्देशन दिए ।

राजमो एरिया नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य कृष्ण गिरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार रमेशमान गुरुङ्ग र प्रगतिशिल प्रध्यापक संघका जिल्ला सदस्य रामकृष्ण पौडेल लगायतले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका थिए । 


राजमो एरिया नम्बर २ का सदस्य माधव आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनबादी गीत तथा नृत्य समेत प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन  राजमो एरिया नं. २ का सदस्य चित्र एमसीले गरेका थिए ।

तत्कालिन जारशाही सरकारको बिरुद्ध रुसमा लेनिनले चलाएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुरा भएको स्मरणमा राष्ट्रिय जनमोर्चाले देशैभरी नै सतबार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

२५ अब्टुवर १९९७ मा सुरु भएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुगेको उपलक्ष्यमा गत कार्तिक २२ गते देखि देशैभरी यो कार्यक्रम उद्घाटन गरिएको जिल्ला अध्यक्ष रेशम बिसीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी