सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतब"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङमा पनि अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

२६ कार्तिक २०७३, शुक्रबार ११:१८


सन्तोषकुमार गुप्ता/कत्तिक २६, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत शुक्रबार देउखुरीको भालुवाङमा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिएको छ । 

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यले कार्यक्रमको उद्घाटन गदै समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा बताए । उनले नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । 

“अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका शुरु भएको अभियानको प्रमुख अतिथीको आसनबाट बोल्दै आचार्यले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । 

जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ता सबै जना घनभुत रुपमा लाग्नु निर्देशन दिए ।

राजमो एरिया नम्बर २ का अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य कृष्ण गिरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार रमेशमान गुरुङ्ग र प्रगतिशिल प्रध्यापक संघका जिल्ला सदस्य रामकृष्ण पौडेल लगायतले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका थिए । 


राजमो एरिया नम्बर २ का सदस्य माधव आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनबादी गीत तथा नृत्य समेत प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन  राजमो एरिया नं. २ का सदस्य चित्र एमसीले गरेका थिए ।

तत्कालिन जारशाही सरकारको बिरुद्ध रुसमा लेनिनले चलाएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुरा भएको स्मरणमा राष्ट्रिय जनमोर्चाले देशैभरी नै सतबार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

२५ अब्टुवर १९९७ मा सुरु भएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुगेको उपलक्ष्यमा गत कार्तिक २२ गते देखि देशैभरी यो कार्यक्रम उद्घाटन गरिएको जिल्ला अध्यक्ष रेशम बिसीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव