१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा निर्वाचनका लागि गाउँ अभियान सुरु गर्न निर्देशन

२७ कार्तिक २०७३, शनिबार १२:४९

कात्तिक २७, भक्तपुर । आउँदो स्थानीय निर्वाचनलाई पूर्णरुपमा सफल पारी भक्तपुरका नगरपालिकामा जित्ने गरी गाउँ अभियान सुरु गर्न एमालेका नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन् । 

नेकपा (एमाले) २ नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले नेताहरुले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सानुकुमार श्रेष्ठले वर्तमान सरकारले आगामी पाँच महिनाभित्र कुनै हालतमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो – “स्थानीय निकायको निर्वाचन गर्ने समय अब धेरै छैन, सबै ठाउँमा एमालेलाई जिताउनुपर्छ यसका लागि सबै कार्यकर्ताले गाउँ अभियान सुरु गर्नुस् ।” 

सरकारले कुनै हालतमा चुनावलाई टार्न नसक्ने चर्चा गर्दै उहाँले स्थानीय निकायको निर्वाचन ढिलो भए प्रदेश र संसदीय निर्वाचनलाई असर पर्ने भएकाले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् एमालेका युवा नेता महेश बस्नेतले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । 

निर्वाचनलाई कुनै बहानामा पर सार्न खोजे जनता चुप नबस्ने बताउँदै उहाँले निर्वाचन छिटो गर्न जनदबाब सिर्जना गर्ने बताउनुभयो । 

त्यस अवसरमा एमालेका जिल्ला उपाध्यक्ष बच्चन देउजा, मध्यपुर नगर संयोजक मदनसुन्दर श्रेष्ठलगायतले गाउँ गाउँमा चुनावी अभियान लैजाने बताउनुभयो । 

एमाले २ नं निर्वाचन क्षेत्रीय अध्यक्ष राजकुमार जोशीको सभापतित्वमा सम्पन्न अधिवेशनले भोलि नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल