कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल

२९ कार्तिक २०७३, सोमबार ०७:५३

कात्तिक २९, भक्तपुर । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । 

क्षयरोग गरिब, निमुखा वर्गलाई मात्र लाग्ने रोग भनेर हेलचेक्र्याईं नगरी आसङ्कीत सबैको स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो । 

रोगलाई घृणा गर्ने र रोगीलाई माया गर्ने प्रचलन बनाउनुपर्नेमा जोड दिँदै उहाँले रोगलाई लुकाउन नहुने बताउनुभयो । 

कार्यक्रममा मन्त्री पौडेलले नियमित सेवा पु¥याएबापत संस्थाका कर्मचारी हिरण्यप्रताप साँगामीलाई रु पाँच हजार एक पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो । 

साँगामीले आफूले पाएको पुरस्कार रकममा रु २५ हजार थप गरेर क्षयरोग न्यूनीकरणका लागि अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष बाबुकाजी साँछेश्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । 

अध्यक्ष साँछेश्रेष्ठ तथा केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधान, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठलगायतले क्षयरोग न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा