सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको तुलसीपुरमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको उद्घाटन

३० कार्तिक २०७३, मंगलवार १५:५२


सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन् १९१७ मा भएको अक्टोबर क्रान्तिको महत्व अहिले पनि त्यत्तिकै भएको बताउनु भएको छ । विश्वमा पहिलो पटक स्थापना भएको समाजवादी व्यवस्थाको प्रभावका कारण अहिले विश्वभरि नै समाजवादको हावा फैलिएको उहाँले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको अक्टोवर क्रान्ति सर्तबार्षिकी उद्घाटन कार्यक्रममा प्रमुख बक्ताका रुपमा  सम्बोधन गर्दै नेता भण्डारीले अक्टोबर क्रान्तिको मर्मलाई आत्मसाथ गर्दै देशको राष्ट्रियता बचाउन अगाडि बढ्न जनतालाई आव्हान गर्नुभयो । नेपालको राष्ट्रियता यतिबेला इतिहासकै गम्भीर सङ्कटमा फसेको बताउँदै प्रबक्ता भण्डारीले पछिल्लो पटक अङ्गीकृत नागरिकलाई पनि देशको कार्यकारी प्रमुख जस्ता पदमा ल्याउनका लागि गर्न लागिएको संविधान संशोधनले देशलाई सिक्किमीकरण गराउने दावी गर्नुभयो । नेपाललाई सिक्किमीकरण हुन नदिन देशभक्त नेपालीहरूले एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु पर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य कमला जिसी, राजमो जिल्ला उपाध्यक्ष द्रोण घर्ती र राजमो जिल्ला सचिव गणेश आचार्य लगायतले बक्ताले अक्टोवर क्रान्तिको महत्व, आवश्यकता र सान्दर्भिकताका बारेमा बोल्नु भएको थियो ।


राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले रुसमा भएको अक्टोबर क्रान्तिको एक सय बर्ष पुरा भएको उपलक्ष्यमा देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । सतबार्षिक अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य