२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर जिल्लामा स्थानीय निकाय पुनःसंरचनाको विरोध

१ मंसिर २०७३, बुधबार १४:३९

मङ्सिर १, भक्तपुर । स्थानीय निकायको पुनःसंरचना गर्दा नागरिकको सुझाव नलिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । 

नगरपालिका समायोजन गरी भक्तपुरका छ नगरपालिका घटाएर चार बनाउने प्रस्ताव जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाएकामा विरोध गरिएको हो । चाँगुनारायण नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा आज भएको सार्वजनिक सुनुवाइमा चाँगुनारायण नगरपालिकाका बासिन्दाले छ वटै नगरपालिका हुनुपर्नेमा जोड दिए । 

चाँगुनारायण –१४ का माधवप्रसाद न्यौपानेले नगरपालिका पुनःसंरचना गर्दा समायोजन गरिने नयरपालिका र वडा विभाजन गर्दा सम्बन्धित क्षेत्रको सुझाव नलिइएको बताउनुभयो । सो ठाउँकै रामेश्वर थापाले नगरपालिकाको समितिले मनोमानी ढङ्गबाट वडा विभाजन र नगरपालिका समायोजन गर्ने निर्णय गरेको आरोप लगाउँदै सो निर्णय तत्काल सच्याउन माग गर्नुभयो । 

चाँगुनारायण–१२ का नवराज काफ्लेले भक्तपुरमा डेढ वर्षअघि मात्र स्थानीय निकाय पुनःसंरचना गरिसकिएको बताउँदै अब पुनःसंरचना आवश्यक नभएको जिकिर गर्नुभयो । राप्रपा नेपालका केन्द्रीय सदस्य यवती कार्कीले नेपाली काँग्रेस, नेकपा(एमाले)बाहेक जिल्लाका छ दलले छ वटै नगरपालिका हुनुपर्ने मागसहित समिति र आयोगमा ज्ञापनपत्र बुझाइसकेको बताउँदै चार वटा कायम गरिए अमान्य हुने बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले प्राविधिक सहयोग समितिले दलको विरोधपछि छ वटै नगरपालिका बनाउने प्रस्तावसहितको अर्को खाका गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण आयोगमा पठाइएको जिकिर गर्नुभयो । 

नेमकिपा, चाँगुनारायण नगर संयोजक मीनबहादुर बाटाले सीमा निर्धारण आयोगले जनताको भावना र माग सुनुवाइ नगरी चार वटै नगरपालिका घोषणा गरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । 

कार्यक्रममा एमाले चाँगुनारायण नगरपालिका अध्यक्ष रमेश बुढाथोकी, भक्तपुर अस्पतालका अध्यक्ष नवराज गेलाल, स्थानीयवासी मनिषा कार्की, चण्डिका लामिछाने, रमेश सापकोटा, उमेश प्रधान लगायतले सार्वजनिक जग्गा अतिक्रमण रोक्न सम्बन्धित निकायले चासो दिनुपर्ने, योजनाका नाममा छुट्याइएको बजेटको सदुपयोग हुनुपर्ने, कृषि पेसालाई व्यावसायिक विकास गर्न कृषि कार्यालयले योजना बनाउनुपर्ने, सडक र घर नक्साको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने, खानेपानी समस्या समाधानका लागि नगरपालिकाले योजना बनाउनुपर्ने माग गर्नुभयो । 

चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसालले जनताका माझबाट उठेका माग सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले स्थानीय निकाय नागरिकको आवश्यकता र विकासको साझा अवधारणाबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । 

सुनुवाइमा जिल्ला प्राविधिक कार्यालयका जिल्ला इन्जिनियर कुमार पुडासैनी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गाना, खानेपानी तथा सरसफाइ कार्यालयका अधिकृत भीमप्रसाद शर्मा लगायतले जनताबाट प्राप्त गुनासा र सुझावका आधारमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ