२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जिविस भक्तपुरको स्तर खस्केकोमा चिन्ता

२०७३, ३ मंसिर शुक्रबार ०४:०१

मङ्सिर ३, भक्तपुर । जिल्ला विकास समिति भक्तपुरको स्तर खस्कँदै गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका गरेका छन् । 

जिविस हलमा आयोजना गरिएको सामाजिक संपरीक्षण कार्यक्रममा बिहिबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि सरोकारवाला निकायले यस्तो चिन्ता व्यक्त गरेका हुन् । स्थानीय सुशासन सहयोग मञ्च नेपाल प्रालिले प्रस्तुत गरेको प्रतिवेदनले पछिल्ला वर्षमा राष्ट्रिय मूल्याङ्कनमा जिविसको स्तर क्रमशः खस्कँदै गएको देखाएको हो । 

प्रतिवेदन प्रस्तुत गर्दै मञ्चका प्रतिनिधि दिलीप चापागाईंले न्यूनतम सर्त तथा प्रस्तुति मूल्याङ्कन (एमसिपिएम)मा पाँच वर्षअघि देशभर प्रथम भएको जिल्लाको स्तर पछिल्ला वर्षमा क्रमशः घटेर दोस्रो, दसौँ हँुदै यस वर्ष चौबिसौँ स्थानमा पुगेको बताउनुभयो । प्रतिवेदनले जिविसको आम्दानी घट्दै गएको, जनगुनासोको लिखित रेकर्ड नभएको, लक्षित वर्गको कार्यक्रम प्रभावकारी नभएको लगायतका जिविसको कमजोरी रहेको औँल्याएको छ । 

जिविसले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जिविसको स्तर खस्कँदै जानु चुनौतीपूर्ण रहेको बताउँदै यसले जिल्लाको छवि बिग्रने भएकाले कसरी सुधार गर्ने भन्ने बारेमा छलफल जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले बजेट सानासाना योजनामा छरिँदा समस्या भएकाले योजना छनौट गर्दा स्थानीय स्तरमा पुग्नुपर्ने र ठूला योजनामा केन्द्रित हुनुपर्ने बताउनुभयो । 

त्यस अवसरमा स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले आन्तरिक आय घट्ने, जिल्ला गाविसविहीन भएको र कार्यविधि नयाँ आउँदा जिल्लाको स्तर घटेको स्वीकार्दै प्रतिवेदनले औँल्याएको कमजोरी र सहभागीका गुनासालाई मार्गदर्शनका रुपमा ग्रहण गर्दै आगामी दिनमा जिविसले सुधार गर्दै लैजाने बताउनुभयो । 

जिल्लाभित्र सडकको माग अत्यधिक रहेको बताउँदै उहाँले विकासका काममा जनसहभागिता र जनश्रमदान बढाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले देशलाई राजनीतिक र सामाजिक विकासका क्रमसँगै लानुपर्नेमा हाम्रो देशमा राजनीतिक विकास मात्र बढी भएको बताउँदै विकास योजना लागू गर्दा लगानीअनुसार प्रतिफल आए÷नआएको खोजी गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले जिविसका छलफल र अन्तरक्रिया कार्यक्रम वुद्घिविलासमा मात्र सीमित रहेको बताउँदै सम्बद्व एजेन्सीलाई जिविसले नियन्त्रण गर्न नसकेको र जनताको आवश्यकताभन्दा पनि दाताको इच्छामा काम हुँदा समस्या आउने गरेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बालुवा खानी बन्द हुँदा जिविसको आम्दानी घट्दै गएको बताउँदै जिविसको योजना अनुगमन फितलो हुने गरेको र जिविसको नीति राम्रो भएपनि नीति कार्यान्वयन गर्नेको नियत सफा हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्वजनप्रतिनिधि नवराज गेलाल, नेकपा संयुक्तका जिल्ला अध्यक्ष कृष्ण पहाडी, स्थानीयवासी केदार खड्का, बाबुकाजी नायजु र रामकृष्ण चौलागाईं लगायतले जिविसले विगतका कमीकमजोरीलाई सच्याउँदै भक्तपुरलाई विकासको मूल प्रवाहमा लान क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै