दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर ।"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राष्ट्रिय जनमोर्चा दाङमा प्रबेशको लहर

६ मंसिर २०७३, सोमबार १६:३४

दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर । अक्टोबर सर्तबार्षिकी अभियान संगै दाङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर नै बढेको छ । “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चाले शुरु गरेको अक्टोबर क्रान्ति सर्तबार्षिकी अभियान अन्र्तगत दाङमा अन्य पार्टी परित्याग गरी राष्ट्रबादी पार्टी राष्ट्रिय जनमार्चामा प्रबेशको लहर बढेको हो । 

राष्ट्रिय जनमार्चा जिल्ला कार्य समिती दाङले सञ्चालन गरेको अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन जिल्लाब्यापी प्रचारत्मक जनजागण घरदैलो अभियान संगै जिल्लाका सबै गाविस र नगरपालिकामा पार्टी प्रबेश गर्नेको लहर बढेको राजमो दाङका जिल्ला सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ । यसैबीच जिल्लाको दुर्गम गाविस स्युजामा दर्जनौ नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रबेश गरेका छन् । यस अघि कार्यकर्ता शुन्य रहेको स्युजा गाविसमा अक्टोबर क्रान्तिको सर्तबार्षिकी अभियान संगै दर्जनौ नेता कार्यकर्ताहरु उत्साहपूर्व राजमोमा प्रबेश गरेका छन् । सोमबार स्युजामा भएको अक्टोबर सर्तबार्षिकी कार्यक्रममा मदीराम आचार्यको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु राजमोमा प्रबेश गरेका छन् । सो अवसरमा भएको भेलाले मदीराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय राजमो स्युजा गाउँ कमिटी समेत गठन गरेको छ । जसको सचिवमा डोमकान्त घर्ती, कोषाध्यक्षमा बालिका गैरे, सदस्यहरुमा हिरालाल बिक, युवराज पाण्डे, ओमबहादुर बुढा, हिरासिंह पुन, जुद्धबहादुर पुन, मोहन पुन, इमी आचार्य र रामबहादुर भण्डारी रहनु भएको छ ।

मदीराम आचार्यको अध्यक्षता एवम् राजमो जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा राजमो क्षेत्र नम्बर ३ का सचिव मंगल घर्ती र क्षेत्रिय सदस्य भिमबहादुर घर्तीले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा जानकारी गराउनु भएको थियो । रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको एक सय बर्ष पुरा भएको अवसरमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीको अह्वानमा एक बर्षे देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भयो । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । सतबार्षिकी अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले जानकारी दिनु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव