२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको हित विपरीत संविधान संशोधन नगर्न आग्रह

२०७३, ७ मंसिर मंगलवार ०८:४२

मङ्सिर ७, काठमाडौँ । युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् । 

दुई सङ्गठनले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे । सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभई विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाउनुभयो । 

“हिन्दीलाई राष्ट्रिय भाषा र अङ्गीकृत नागरिकलाई उच्च पदमा पु¥याउनका लागि संशोधनको प्रयास गरिँदैछ”, उहाँले भन्नुभयो – “संशोधन राष्ट्र हित विपरीत हुँदैछ । त्यो हामीलाई मान्य हुँदैन ।”  

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा अन्योल छ भन्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो